२४ मङ्सिर , काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबर (NT- FIBER ) प्रविधि- मार्फत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई ४० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने सम्बन्धमा एक प्रेस विज्ञप्ति- मार्फत् सुसुचित गराएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ की एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहनुभएका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्नु हुनेछ ।
नेपाल टेलिकमले भोलि (२०८० मंसिर २४) देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहनुभएका सेवाग्राहीलाई प्रोमोसनल (Promotional Offer) का रुपमा एक महिना सम्म निःशुल्क ४० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ ।
यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ ।
त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने छ । याे प्रेस विज्ञप्तिकाे पुर्ण पाठ अनुसार जानकारी गराएको हाे।