ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

फागुन २१,काठमाडौं । मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबईस्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गर्नुभएको थियो। कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो । यसैगरी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र युएईस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन विशाल भट्टराई विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एन.आर .एनए यूएईका अध्यक्ष विकाश शाही, नेपाली दूतावासका तृतीय सचिव विमलेश मिश्र, अर्का तृतीय सचिव दिल्लीराम शर्मा र श्रम कन्सुलर दिनबन्धु सुवेदी अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, मधेशी एकता समाजको संस्थापक र अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादव, समाजको नेपाल इकाइकी संयोजक बबीसिंह यादव, समाजका पूर्व अध्यक्षहरु मुकेश झा, कृष्णा ठाकुर, वरिष्ठ उपाध्यक्ष अम्बिका साहलगायतको पनि अतिथिको रुपमा उपस्थिति थियो ।

ADVERTISEMENT

उद्घाटन समारोहको संचालन महासचिव रोशन देव र सांस्कृतिक कार्यक्रमको संचालन ललित राय र भोला पासवानले गर्नुभएको थियो । त्यस अवसरमा सांस्कृतिक नाचगान, होली गीत र जोगिरा गायनका साथै खानपिनको पनि भव्य व्यवस्था गरिएको थियो । होली समारोहमा नेपालबाट गएका मधेशका चर्चिच कलाकारहरु जागेश ठाकुर तथा निरुता साहको सानदार प्रस्तुति थियो । त्यसैगरी, त्यहाँ रहेका स्थानीय कलाकारहरु गायक भोला पासवान तथा नृत्यतर्फ इशा, शीतल र पुनमका साथै नेपाली बोइज ग्रुपको पनि प्रस्तुति थियो ।

उद्घाटन समारोहमा श्रम तथा रोजगार मन्त्री भण्डारीले मधेशी एकता समाजले विदेशी भूमिमा पनि सम्पूर्ण मधेशीलाई जोडेर राखेकोमा प्रशंसा गर्नुभयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने शिप र पैसा नेपाल सरकारले उपलब्ध गराउने जानकारी दिनुभयो । त्यस अवसरमा भण्डारीले एक प्रकारको होली गायन अर्थात् जोगिरा गाएर सुनाउनुभएको थियो ।

नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन भट्टराईले होली पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी, एकता समाजका नेपाल संयोजक डा. बबी सिंह यादवले होलीको शुभकामना दिनुभयो । उहाँले मधेशी एकता समाजको नेपाल इकाइले विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग र समन्वयबारे जानकारी दिनुभयो ।

यस्तै, समाजको अन्तर्राष्ट्रिय संयोजक डा. रविन्द्र कुमार यादवले वर्तमान समयमा वैदेशिक रोजगारमा रहेका मधेशी युवाहरूको अवस्था अत्यन्त जोखिमपूर्ण रहेको बताउनुभयो । डा. यादवले कम्तीमा प्राविधिक प्रशिक्षण लिएर र २० वर्ष उमेर पुगेपछि मात्रै वैदेशिक रोजगारमा आउने वातावरण बनाउन सल्लाह दिनुभयो ।

डाक्टर यादवले एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन काम गरिरहेको बताउनु भयो । यस्तै मधेशमा शिक्षाको स्तर उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शीपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा. यादवले बताउनुभयो ।

यस अतिरिक्त, श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेजस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको यादवको भनाइ थियो ।

होली समारोहमा संयुक्त अरब इमिरेट्सका विभिन्न शहरमा कार्यरत ५ सय जनाभन्दा बढी मधेशी सहभागी थिए । त्यस अवसरमा युएईमा भूउपग्रहको सफ्टवेयर डिजाइनिङ गर्ने मुकेश झा, मिसाइल डिजाइनिङमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, न्यूयोर्क विश्वविद्यालय आबुधाबीबाट डिग्री प्राप्त गर्ने पहिलो मधेशी उत्तम मिश्रा, दुबईमा कारखाना स्थापना गर्ने पहिलो मधेशी विनेश यादव र अन्य मधेशी उद्यमीहरु  कविन्द्र यादव, गणेश पुर्बे र जीवछ साहलाई सम्मान गरिएको थियो ।

नेपालमा होली मार्च २४ मा भएपनि रमजानको पवित्र महिना मार्च ९ देखि अप्रिल ९ सम्म चल्ने भएकोले दुबईमा होली समारोह रमजानअगावै मार्च ३ तारिखमा आयोजना गरिएको थियो ।त्यस अवसरमा मधेशी एकता समाजले रमजानको अवसरमा मार्चको तेस्रो हप्तामा इफ्तार कार्यक्रम दुबईमा आयोजना गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host