सन्तोष प्रसाद तिवारी/
२०८१ वैशाख ११ काठमाडौँ। जिल्ला बासिलाई दया गर। जिल्ला बासिमा पनि हुने खाने बाउ बाजेको जमिन जग्गा बेचि युराेप , अमेरिका, जापान र अष्ट्रेलिया, केही नहुने भिरपाखामा बस्ने ऋण लिएर खाडी र मलेसिया त्यो पनि नसके मुम्बई र डिल्ली – जय हिन्द। काठमाडौँ जिल्लाले भाेगेकाे र अहिले सम्म भाेगिरहेको यहि हाे । अहिलेसम्म चलिरहेको छ, दुई टुक्रा पुर्खाैली जमिन रहुन्जेल चलिरहने नैं छ । किनभने अहिले सम्म यतिका कालखण्ड बित्य, क्रान्ति भए, परिवर्तन भए, नयाँ नयाँ उछाल मार्यो व्यवस्थाले, तर पनि उपत्यका बासिकाे पिडा उस्तै। के काठमाडौँ जिल्ला भन्दैमा, राजधानी भन्दैमा सबैकाे सपनाकाे सहर यहि हाे त? यदि हाे भने’ याे सत्य नै छ,भने पहिलो सपनाकाे सहरमा आफ्ना हजारौं सपना पूरा गर्ने हक कसकाे त ? सपनाको सहरमा बस्नेहरुलाई मत्ताउने र फुर्काउने मात्र हो। याे सवाल राजधानी,वा काठमाडौँ जिल्लाको मात्र होइन, देशभरका सम्पुर्ण जिल्लासँग जोडिएको प्राथमिक अधिकारकाे विषय हाे, हकको सुनिश्चितता हाे। यहाँ काेेहि रिसाउलान् , काेही खुसाउलान् । कसैले एकतर्फी विषयमा कुरा उठ्यो भन्लान्, कतिले यि विषयलाई लिएर टिका टिप्पणी गर्लान् वा याे अतियुक्ति नहाेला भन्लान्। याे आफ्नो व्यक्तिगत धारणा र सिंगो समाजले बुझ्ने विषय हुन् वा तर्क दिन सक्ने क्षमता बन्न सक्ला। विषय देशका हरेक जिल्ला बासिसँग जाेडिएकाे हुन्छ,याे काठमाडौँ जिल्ला बासिकाे पिडालाई दर्शाएर उदाहरण दिएको मात्र हाे।
प्रसँग सपनाको सहरकाे , काठमाडौँ जिल्लाको सत्य त याे हाे कि आजसम्म काठमाडौँ जिल्ला वासिकाे के भयो र के पाए ,के सुविधा पाए , केन्द्रीय राजधानी, हरेक राजनीति दलकाे केन्द्रीय कार्यालय, विदेशी कुटनीतिक नियोगका कार्यलय ,(embassy) राजदुतावास, संघीय संसद भवन, उद्योग, पर्यटकीय क्षेत्र, ठुला कम्पनी, ठुला हस्पिटल र विद्यालय, विश्व विद्यालय, ठुला ठुला हाेटल , प्रसिद्ध धार्मिकस्थलहरु, विश्व सम्पदाका धराेहरहरु, यअरपाेर्ट लगायत सरकारी कार्यालय र ग्रैर सरकारी कार्यालयको केन्द्रीय कार्यालय यि सबै हुँदा पनि। लाज लाग्छ काठमाडौँ जिल्लाकाे बासिन्दा भन्दा, धिकार्न मनलाग्छ कहिले काँही आफुले आफुलाई नै। हाे यस्तै अवस्था जिल्ला बासिमा छ। तर पनि ती केही बाेल्न सक्दैनन् र केही गर्न पनि सक्दैनन्। किनभने ति सपनाको सहरमा सपनामा नै रमाइरहेका छन्,त्यति साह्रो दुःख भाेग्नुपर्ने बाध्यता पनि छैन । रैथाने हाैं , घरघडेरी र पुर्खाैली जमिन छ,परि आए बेचिन्छ खाइन्छ, माेजमस्ति गरिन्छ । यहिँ हाे त काठमाडौँ बासिन्दा भएको फाईदा।याे कतिन्जेल चल्ने हाे, आज महसुस गरिरहेकाे छु , हिजो राेपनी जमिनमा लडिबुडी गर्नेहरु आज आना , पैसा र डाममा पाैउरे कुस्ती खेल्न बाउ-आमाका सन्तानहरू आपसमा लडिरहेका छन् । तर पनि हामि काठमाडौँ बासिन्दा भनेका छन्, सुकुम्बासी बनेको पत्ताे पाएकै छैनन्। अझ उल्टाे घमण्ड छ।
अब प्रसँग केन्द्रिय राज्य सँग ४०/५० % काे केही सहुलियत अहिलेसम्म पाका छन् यहाँको पुस्ताै पुस्ता विताएका वासिहरुले। हेर्दा सबै सुविधाहरु पाए जस्ताे,सुख भए जस्तो, जमिन बेचेर पैसा कमाए जस्तो,सटर राखेर भाडा खाए जस्तो,याे कतिन्जेल चल्ने हाे,कति पुस्ताले ठेग्ने हुन्’ तर यहाँ वास्तविक पाएकाे चाहिँ केबल जनघनत्व,काेलाहल, प्रदुषण , आन्दोलन र हड्ताल,डरत्रास, अपराधकाे केन्द्रिय कार्यलय, जालीफटाहा र गफाडीकाे चाेक, डिप्रेसनको सिकार,फाेहाेर, दुर्गन्ध, भष्ट्रचारी, भुमाफीया र गुन्डा गर्दीकाे रजगज, लुटपाट,संस्कृतिकाे विकृति यहिँ काठमाडौँ जिल्ला बासिले पाएका चिज।अब म थाेरै मेरो व्यक्तिगत धारणाहरु राख्छु – कम्तीमा राजनीति क्षेत्रमा १५%, कुनै पनि पार्टीको हिस्सेदार काठ’माडौं जिल्ला बासि हुनुपर्छ। ललितपुरकाले पनि १५ % र भक्तपुरका १०% कुनै पनि पार्टीमा संलग्न हुनु पाउनुपर्याे ।
– कुनै पनि संस्था वा कार्यलयकाे देशैभरका केन्द्रीय कार्यालय जहाँ रहन्छ, त्यहाँका बासिन्दाकाे पहिलो हक हुन्छ जे कुराको पनि। – राजनीति क्षेत्र बाहेक अन्य सबै क्षेत्रहरूमा काठ’माडौं जिल्ला बासिले ५०% हक पाउनैपर्छ,याे माग सम्पुर्ण जिल्ला बासिले किन नगर्ने। राेजगार, स्वास्थ्य, शिक्षा जस्तो आधारभूत कुराहरुमा पहिलो हक जिल्ला बासिकाे हुनुपर्छ।