१३ साउन ,काठमाडौं ।आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ४५ हजार ७०० रुपैयाँ कायम भएको छ । भने, तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार छापावाल सुन १ लाख ४४ हजार ७०० रुपैयाँ कायम रहेको थियो । भने, तेजावी सुनको भाउ तोलाको १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो ।











