ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेक अल्मुनाई मिट दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा


नेक अल्मुनाई मिट दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजले देशको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीहरुले प्रशंसा गरेका छन् । कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरुको आकर्षण बढाउन र कलेजको वृहत्तर हितमा काम गर्न कलेजका पूर्वविद्यार्थीहरु एकजुट पनि भएका हुन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको इन्जिनियरिङ शिक्षा दिएर  आफुहरूलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीहरूले कलेजका शिक्षक शिक्षिकाहरूलाई पनि सम्झिए । शनिबार कलेजमा आयोजित ‘नेक अल्मुनाई मिट’ मा सहभागी हुँदै पूर्वविद्यार्थीहरुले आफ्नो कलेज जीवनलाई पनि सम्झिए । हाल सरकारी, गैरसरकारी देखि आफ्नै कम्पनी र फर्महरु सञ्चालन गरेर व्यवसायिक क्षेत्रमा स्थापित भएका उनीहरुले तत्कालिन अवस्थामा निजी क्षेत्रबाट मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना नभएको भए आफुहरु इन्जिनियर नै बन्न नसक्ने अवस्थाको चर्चा गरे ।

कलेजका प्रथम अल्मुनाईका महासचिव इन्जिनियर दिपक बाबु कंडेलले तत्कालिन समयमा पुल्चोक पछि अन्य इन्जिनियरिङ कलेज नहुँदा धेरै विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पुरा नभइरहेको अवस्थामा स्वर्गीय प्रा.डा. दीपक भट्टराई लगायतको अगुवाईमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको बताउनु भयो । नेपालको विकासमा चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै कँडेलले कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको कारणले नै कलेजमा विद्यार्थीको आकर्षण रहेको बताउनु भयो । ‘यो कलेजले दशौं हजार इन्जिनियर उत्पादन गरिसकेको छ । सुरुवात देखि नै क्वालिटी एजुकेशनमा ध्यान दिएकोले नै कलेज आजसम्म विद्यार्थीको रोजाईमा परेको हो । यसलाई अझ गुणस्तरीय र विश्वस्तरीय बनाउँदै लैजान हामी सबैले भूमिका खेलौं ।’ पूर्व विद्यार्थी कँडेलले भन्नुभयो ।

ADVERTISEMENT

यस्तै कार्यक्रममा बोल्दै दोश्रो अल्मुनाई समितिका महासचिव इ. विनोद देवकोटाले निजी क्षेत्रले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण नेपालले उच्च शिक्षामा फड्को मारेको चर्चा गर्दै इन्जिनियरिङ शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादनमा कलेजले ठूलो योगदान दिएको बताउनु भयो । कलेज मन्दिर जस्तै रहेको बताउँदै उनले कलेजमा कुनै राजनीति नगरी यसको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, कलेजलाई स्थायित्व दिनका लागि सबै एक भएर लाग्नु पर्ने बताउनु भयो । अर्का अल्मुनाई इ. पदम कुमार मैनालीले १९९६ ताका नेपाल इन्जिनियरिङ कलेज नभएको भए आफ्नो व्याचका धेरैले पढ्न नपाउने अवस्था रहेको भन्दै विगत सम्झनु भयो । हाल शहरी विकास मन्त्रालयका सहसचिव समेत रहनुभएका मैनालीले कलेजको शैक्षिक, भौतिक सुधार गर्न र कलेज प्रति विद्यार्थीको आकर्षण बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कलेजले स्थापना देखि आजसम्म गुणस्तरीय शिक्षा प्रदान गर्नु गौरबको कुरा भएको उहाँको धारणा छ ।

कार्यक्रममा बोल्दै नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, प्रशासनिक र भौतिक सुधारका लागि आफु लागि रहेको भन्दै नेक अल्मुनाईहरुलाई पनि आवश्यक सल्लाह, सुझाव र सहकार्यको आब्हान गर्नुभयो । कलेजको स्थायित्व र शैक्षिक विकासका लागि शिक्षक, कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरुको योगदान हुनुपर्ने भन्दै उहाँले नेपाल इन्जिनियरिङ कलेजलाई सामाजिक शैक्षिक संस्थाकै रुपमा सञ्चालन गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो । कलेजको विषयमा सर्वोच्च अदालतमा विचाराधिन मुद्दा चाँडै टुंगोमा पुगे यसलाई देशकै नमूना कलेजका रुपमा सञ्चालन गर्न नगरपालिका तयार रहेको पनि उहाँले जिकीर गर्नुभयो ।कलेज सञ्चालन गर्न नगरपालिकाले कलेज सञ्चालन ऐन पास गरिसकेको अवस्था छ । भोली अदालतका मुद्दा टुंगो लागेर नगरपालिकालाई यो कलेज चलाउनु पर्ने अवस्था आए हामी पछि हट्दैनौं कलेज चलाएरै छाड्छौं ।’ अध्यक्ष खत्रीले भन्नुभयो । नेक अल्मुनाई मिट कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कानुनी तथा प्रशासनिक उल्झनहरुको सामना गर्नु परेपनि कलेजको शैक्षिक गुणस्तर खस्कन नदिएको बताउनु भयो । कलेजको भौतिक, शैक्षिक  गुणस्तर मापन गरेर नै नेपाल इन्जिनियरिङ परिषद्ले स्थायी प्रमाण पत्र दिएको चर्चा गर्दै उहाँले आउँदा दिनहरुमा अल्मुनाईहरुले कलेजको श्रीबृद्धिमा टेवा दिने अपेक्षा गर्नुभयो । साथै, उहाँले कलेजको शैक्षिक, भौतिक र प्रशासनिक गुणस्तर सुधार गर्न कलेज सञ्चालक समितिले योजनाबद्ध काम गरिरहेको बताउनु भयो ।

‘नेक अल्मुनाई मिट’ मा कलेजका स्थापना देखि सन् २०१९ सम्मका करिब ५ सय विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको थियो । इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने यस कलेजबाट हालसम्म दश हजार भन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले बताउनु भयो ।
पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै नेपाली विद्यार्थीहरु विदेशिईरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि प्रेरित गर्न तथा नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको रहेको छ भनेर बुझाउन नेक अल्मुनाई मिट गरिएको बताउनु भयो । नेक अल्मुनाई मिटका संयोजक आर्किटेक्चर पोषण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अल्मुनाईहरू काठमाडौं महा-नगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष डाक्टर इन्जिनियर सुमन नरसिंह राजभण्डारी, सदस्य इ. बाबुराम भट्टराई, कलेजका संस्थापक सदस्य इ. सलिल भट्टराई लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host