ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रारम्भिक बालशिक्षामा स्वीकृत पाठ्यक्रम मात्रै पढाउन कांग्रेस महामन्त्री थापाको आग्रह


प्रारम्भिक बालशिक्षामा स्वीकृत पाठ्यक्रम मात्रै पढाउन कांग्रेस महामन्त्री थापाको आग्रह
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रारम्भिक बालशिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । पार्टीको स्थानीय तह समन्वय विभागद्धारा हालै आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम अनुसार नै पढाउन स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह गरे । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा उनले प्रारम्भिक बालशिक्षा भविष्यको आधार भएकाले उनीहरुको शिक्षामा विशेष ध्यान दिन पनि आग्रह गरे । ‘प्रारम्भिक बालशिक्षा विद्यालयको आधार हो त्यसैले यसलाई बलियो बनाउन सकियो भनें भोलिका दिनमा विद्यार्थीको पढाइमा कुनै समस्या पर्दैन’ उनले भने ‘बालबालिकालाई पोषणजस्तै बालशिक्षा पनि अनिवार्य छ त्यसैले पाठ्यक्रम विकास केन्द्रले तोकेको र स्वीकृति दिएको पाठ्यक्रम पढाउन सबैलाई अनुरोध गर्दछु ।’ उनले बालबालिकालाई सिकाउने नाममा अनावश्यक बोझ हुने प्रकारका पाठ्यक्रम पढाउन नहुने पनि बताएका छन् ।

उनले बालबालिकाले कार्टुन हेरेर, खेलेर, देखेर, प्रतक्ष्य रुपमा अबलोकन गरेर वा गीत–संगीतको माध्यमबाट सजिलै सिक्ने भएकाले त्यो शिक्षा प्रभावकारी हुने बताए । उनले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको, स्वीकृत दिएको र सिफारिस गरेको श्रव्य–दृश्यसहितको एकवर्षे प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम २०७७ वमोजिम अध्यापन गराउन विशेष आग्रह गरेका छन् । केन्द्रले यस प्रकारको सिकाइबाट मात्र विद्यार्थीले सोचेअनुसारको सिकाई उपलब्धी हासिल गर्ने भएकाले यसलाई स्विकार गरिसकेको छ । महामन्त्री थापाले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यक्रम पढाउन र सिकाउनका लागि धेरैजसो स्थानीय तहले बजेट नछुट्याएकोमा चिन्ता व्यक्त गरेका छन् ।

ADVERTISEMENT

थापाले स्थानीय तहको सरकार सञ्चालनका लागि समन्वय समिति बनाउनुपर्ने, कांग्रेसले मिसन रोजगारी अभियान चलाउनुपर्ने पनि जोड दिएका छन् । विभागले दुई चरणमा गरी सबै प्रदेशका आफ्ना स्थानीय तहका प्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो । कार्यक्रममा सभापति शेरबहादुर देउवा, उप–सभापति, अर्का महामन्त्री विश्वप्रकाश शर्माका साथै अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो । केही भनें भर्चुअल माध्यममा उपस्थित थिए । विभागले बिहान कोशी, मधेश र वागमति प्रदेशसँग अन्तरक्रिया गरेको थियो भनें बाँकी प्रदेशमा सोही दिन अर्को चरणमा कार्यक्रम गरिएको थियो । सभापति देउवाले विभागद्धारा प्रकाशित क्यालेण्डरको विमोचनसमेत गरेका थिए । विभागको प्रमुख पार्टीका केन्द्रीय सदस्य मधु आचार्य रहेका छन् । उनले कार्यक्रम उपलब्धीमूलक भएको बताए ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host