ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

के घर के डेरा घर नं २ प्रिमियरमा दर्शकले भने सबैले हेर्नैपर्ने सिनेमा


के घर के डेरा घर नं २ प्रिमियरमा दर्शकले भने सबैले हेर्नैपर्ने सिनेमा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो।सामान्यतया प्रिमियरमा कलाकार,पत्रकार,चलचित्रकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १८० जना सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा गरेको थियो । ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले सिनेमा हेरेका थिए ।

निर्माणपक्षले १८० रेन्डम दर्शकलाई प्रिमियरमा निम्तो दिएको थियो । सिनेमा हेरेपछि तीनै १८० सर्वसाधारण दर्शकसँग सिनेमाको प्रतिक्रिया लिएका थिए । आम सर्वसाधारण अडियन्सको रिभ्यु कस्तो आउँछ भनेर बुझ्न १८० सर्वसाधारण दर्शकलाई प्रिमियरमा बोलाइएको थियो । प्रायः नेपाली सिनेमाको प्रिमियरमा कलाकार, पत्रकार र आफन्तलाई बोलाउने प्रचलन छ । यो मान्यतालाई भत्काउँदै नर्मल अडियन्सलाई बोलाएर प्रिमियरमा सिनेमा देखाइएको हो ।

ADVERTISEMENT

प्रिमियरपछि सिनेमा हेर्ने दर्शकले ‘के घर के डेरा : घर नं २’को तारिफ गरेका छन् । आम नेपाली नागरिकले हेर्नै पर्ने सिनेमा भनेका छन् । घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा सिनेमामा रहेको उनको उनीहरूले रिभ्यू दिएका छन् । अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको खुलेर तारिफ गरे । “टेक्निकल्ली धेरै राम्रो छ, कलाकारहरूको अभिनय उत्कृष्ट छ । मध्यमवर्गीय जीवन र आर्थिक सङ्घर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ,” उनले भने । अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘फेमिली भ्यालुज’मा आधारित रहेको बताउँदै भनिन्, “चलचित्र निकै मनछुने छ । सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने खालको छ ।”

अभिनेत्री मनिषा कोइरालाले चलचित्रको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन् । “मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,” उनले भनिन् । गायिका अन्जु पन्तले फिल्ममा देखाइएको सम्बन्धको महत्व र दुःख सामना गर्ने तरिकाको खुलेर प्रशंसा गरिन् । “कहिले हाँसाउने, कहिले भावुक बनाउने फिल्म हो । सम्बन्ध जोगाउने सन्देश विशेष मन पर्‍यो,” उनले भनिन्।

नर्मल अडियन्सको उत्साहजनसक प्रतिक्रियासँगै निर्माण टिम उत्साहित भएको छ । “आज म निकै उत्साहित छु, दर्शकसँगै बसेर प्रिमियरमा सिनेमा हेर्न पाएर,” नायिका केकी अधिकारीले भनिन्, “म पनि दुई तीन ठाउँ इमोस्नल भएँ ।” निर्देशक दीपेन्द्र के. खनालका अनुसार प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गर्नुको उद्देश्य सिनेमा जस्तो छ, त्यस्तै प्रतिक्रिया सुन्ने हो । “हामी चाहन्छौं सिनेमा राम्रो लागे अरूलाई भन्नुहोस्, नराम्रो लागे सुधार गर्न सुझाउनुहोस् ।” “हामीले प्रिमियरमा नयाँ थालनी गरेका छौँ । जस्तो सिनेमा छ त्यस्तै रिभ्यू आओस भनेर दर्शकलाई प्रिमियरमा सिनेमा देखाएका हौँ,” निर्देशक खनालले भने ।

“सिनेमा जस्तो छ त्यस्तै रिभ्यू दिनु होला । राम्रो लाग्यो भने अरुलाई भन्नुहोला । नराम्रो छ भने पनि भन्नुहोला हामी सच्याउँदै सिक्दै अगाडि बढ्छौँ,” अभिनेता खगेन्द्र लामिछानेले भने । नायक आर्यन सिक्देलले भने, “जस्तो लाग्छ, त्यस्तै रिभ्यूको अपेक्षा गरेका छौँ । पक्कै पनि सिनेमा मन परेको महसुस मैले गरेको छु ।”‘के घर के डेरा : घर नं २’ भोलिबाट रिलिज हुँदैछ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्ण बहादुर थापाको सिनेमामा छायांकन रहेको छ ।‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

चलचित्र बा एक योद्धा

चलचित्र बा एक योद्धा

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host