ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई


कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१३ जेठ, काठमाडौं । कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङले हात पारेको छ । आइतबार काठमाडौंमा सम्पन्न फाइनल चरणमा नौं वटा टीमलाई पाखा लगाउँदै एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टरले उपाधि जितेको हो ।
कोसी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै प्रवर्द्धनात्मक योजनाहरुको खोजी गर्न एलिसन हस्पिटालिटीले आयोजना गरेको कोसी प्रोजेक्ट शो केसको फस्ट रनरअप पुल्चोक इन्जिनियरिङ कलेजको फुल्चोक इयर फाइभ हुँदा सेकेण्ड रनरअप भने नेपाल इन्जिनियरिङ कलेजको एग्रो वस्ती भएको छ ।
प्रतियोगिताको उपाधि हात पार्ने एक्मी कोस्टरले नगद एक लाख रुपैंया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने फस्ट रनरअपले रु ५० हजार तथा सेकेण्ड रनरअपले रु २५ हजार नगद, ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार समेत प्राप्त गर्नेछन् । उनीहरुसँगै प्रतियोगिताका उत्कृष्ट १० टिमले अब उक्त प्रोजेक्टहरुलाई कोसी प्रदेशमा लगानीकर्ता, स्टेक होल्डर्स माझ पुनः प्रदर्शनी गरेपछि पुरस्कार प्रदान गरिनेछ ।

ADVERTISEMENT

फाइनल चरणमा निर्णायकहरु इन्जिनियर मन्दाकिनी कार्की, बैंकर नवराज सत्याल, आर्किटेक्चर पुनम शाह, युवा व्यवसायी, शैक्षिक परामर्शदाता शिशिर सिंखडा तथा पयर्टन व्यवसायी चन्द्र रिजालले प्रतियोगीहरुको प्रोजेक्टको विस्तृत अध्ययन, अवलोकन र प्रस्तुति हेरेर विषयगत रुपमा नम्बर दिएका थिए । नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरु सम्मिलित प्रतियोगिताले इन्जिनियरिङ र पर्यटनलाई एकापसमा जोडिदिएकोले नविनतम पर्यटकीय क्षेत्रको पहिचान गरेको र पहिचान भएका तथा ओझेलमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै ग्रामिण पर्यटनलाई समेत उजागर गरिदिएको बताइएको छ । लगानीकर्ता, स्थानीय तह अथवा सरकारले प्रोजेक्ट कार्यान्वयन गर्ने तत्परता देखाए त्यसका लागि आवश्यक सहजीकरण समेत गरिने आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले जानकारी दिनुभयो । ३ दिनसम्म चलेको कोसी प्रोजेक्ट शो केसले नेपालको पर्यटन क्षेत्रमा युवापुस्ताहरुलाई आकर्षित गर्नुको साथै मुलुकको अर्थतन्त्र सुधार्न, रोजगारी सृजना गर्न टेवा पुग्ने अध्यक्ष मगरको जिकीर छ ।

प्रतियोगिताको उत्कृष्ट १० मा बियोण्ड द ब्रिज टिम ख्वप इन्जिनियरिङ कलेज, कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथ फाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुलर रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज छनौट भएका थिए । त्यस अघिको प्रारम्भिक छनौटमा २१ वटा टीमले प्रतिष्पर्धा गरेका थिए । फाइनल चरणमा छनौट भएका टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरू तयार पारेकोमा सोको डमी प्रदर्शनीमा राखिएको थियो । कोसी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतले कोसी प्रोजेक्ट सो केशलाई सहयोग गरेका थिए । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट काफल इभेन्टले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host