ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कांग्रेसको अबको मार्गचित्र पुनर्जागरणको संघर्ष र नयाँ युगको खोज


सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एउटा यस्तो शक्ति हो जसले देशलाई लोकतन्त्रको उज्यालोमा पुर्‍यायो तर अहिले आफ्नै छायाँभित्र हराएको जस्तो देखिन्छ । इतिहासमा अंकित त्याग, संघर्ष र बलिदानका गौरवपूर्ण पानाहरू अहिले केवल स्मृतिको तहमा सीमित भइरहेका छन् । मुलुक पुनः संक्रमणकालीन जटिलताबाट गुज्रिरहेको छ जहाँ पुराना शक्ति संरचनाहरू ढल्दै छन् र नयाँ पुस्ता सडकमा परिवर्तनको स्वर उठाइरहेछ । यही अवस्थामा नेपाली कांग्रेस आफैंसँग प्रश्न गरिरहेको छ । हामी कहाँ छौं र अब कहाँ जाने ?
सन् १९४७ मा प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले स्थापित भएको नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बी.पी. कोइरालादेखि गणेशमान सिंह र किशुनजीहरूसम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका मार्गमा अघि बढायो । २००७ सालको परिवर्तन २०१७ सालको संघर्ष २०४६ सालको पुनर्जागरण र २०६२/०६३ को आन्दोलनसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो तर समयको प्रवाहसँगै पार्टीको संगठन, सिद्धान्त र प्रभाव क्रमशः कमजोर बन्दै गएको छ ।
बी.पी. कोइरालाले पार्टीको मूल सिद्धान्त ‘लोकतन्त्र, समाजवाद र राष्ट्रियता’का रूपले परिभाषित गरेका थिए । तर त्यो सिद्धान्त अहिले पार्टीको संरचना र व्यवहारमा हराएको देखिन्छ । लोकतान्त्रिक मूल्यको नाममा अधिनायकवाद, गुटबन्दी र अवसरवादले पार्टीभित्र गहिरो जरा गाडिसकेको छ । विचार र नीतिभन्दा पद र पहुँचको राजनीति हावी भएको छ । यही कारण नेपाली कांग्रेस जनताबाट टाढिँदै गएको हो । २०७४ र २०७९ का आमनिर्वाचनका नतिजाले पनि समर्थनको आधार घट्दै गएको देखाउँछन् । यसको कारण केवल मत प्रतिशत होइन पार्टीभित्रको थकित संरचना र अकार्यशील नेतृत्व हो ।
शेरबहादुर देउवाको लामो नेतृत्वकालले कांग्रेसलाई स्थायित्वभन्दा बढी स्थगनमा राख्यो । नेतृत्व संघर्ष, गुटगत सौदाबाजी, टिकट बाँडफाँड र नीति निर्माणको असंगतिले पार्टीको विश्वसनीयता घटायो यसकै परिणामस्वरूप आजका युवाहरू विशेषगरी जेनजी पुस्ताले कांग्रेसलाई आफ्नो प्रतिनिधि शक्ति ठान्न छोडेका छन् । यही असन्तुष्ट मनोविज्ञानको उपज हो हालको जेनजी आन्दोलन जसले पुरानो राजनीतिक संस्कृतिप्रति अविश्वास प्रकट गरेको छ । यो आन्दोलन केवल सडकको नारामा सीमित छैन यो नेपालका युवाहरूको सामूहिक चेतनाको विस्फोट हो । उनीहरूले पुराना पार्टीहरूलाई विफलता, भ्रष्टाचार र अवसरवादको प्रतीकका रूपमा हेरेका छन् । कांग्रेसका लागि यो गम्भीर चेतावनी हो किनकि यी युवाहरू लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने वर्ग हुन् जसको ऐतिहासिक प्रतिनिधित्व कांग्रेसले नै गर्थ्यो । जब यही वर्ग कांग्रेसविना सडकमा उत्रिएको छ त्यो पार्टीको अस्तित्वका लागि मनोवैज्ञानिक झड्का हो ।
अब प्रश्न उठ्छ के कांग्रेसले यो चेतनाको लहर बुझ्न सक्छ ? के पार्टी आफ्ना गल्ती र असफलता स्वीकार गरेर सुधारको बाटो समात्न सक्छ ? के उसले नयाँ पुस्तालाई स्थान दिन सक्ने आँट गर्न सक्छ ? सभापति देउवाले स्वास्थ्यका कारण कार्यकारी जिम्मेवारीबाट पछि हटेर उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी सुम्पिएपछि नयाँ अध्यायको संकेत देखिएको छ । नेतृत्व हस्तान्तरणको घोषणा पछि सत्ताको मात्र होइन भविष्यको दिशाबारे पनि बहस तीव्र भएको छ । मंसिरमा हुन लागेको महाधिवेशनले यही बहसलाई निर्णायक रूप दिनेछ । तर महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया होइन यो आत्मालोचना र मूल सिद्धान्तपुनर्जीवनको अवसर हो । इतिहासले देखाएको छ । कांग्रेसका महाधिवेशनहरू प्रायः औपचारिकतामा सीमित रहँदै आएका छन् । पदका लागि प्रतिस्पर्धा हुन्छ तर विचार र नीतिका लागि होइन यो गल्ती यसपटक पनि दोहोरियो भने कांग्रेसको पुनर्जन्म सम्भव छैन ।
पार्टीभित्र अहिले दुई धार स्पष्ट छन् एक पक्ष पुरानो ढाँचामा हिड्न चाहन्छ अर्को पक्ष नयाँ विचार पुस्तान्तरण र संगठनात्मक रूपान्तरणको माग गरिरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियताले पार्टीभित्र परिवर्तनको आशा जगाएको छ । उनीहरूको ‘पार्टी रूपान्तरण अभियान’ले कांग्रेसभित्र मात्रै होइन बाहिर पनि नयाँ अपेक्षा सिर्जना गरेको छ । तर संस्थागत रूपमा जरा गाडेको पुरानो ढाँचाले नयाँ विचारलाई ठाउँ दिन अझै सहज छैन । कांग्रेसले पुनर्जागरणको बाटो रोज्ने हो भने चरित्र नै परिवर्तन गर्नुपर्छ । नेताप्रधान होइन नीतिप्रधान पार्टी बन्नुपर्छ । सदस्यता प्रणाली, भ्रातृ संस्था, टिकट वितरण र आन्तरिक लोकतन्त्रमा आमूल सुधार नगरी रूपान्तरण सम्भव छैन । अहिले निर्णय प्रक्रिया केन्द्रीय नेतृत्वको स्वेच्छामा सीमित छ । जसले संगठनात्मक अनुशासन र पारदर्शिता दुबै कमजोर बनाएको छ । लोकतान्त्रिक पार्टीमा विधि र प्रक्रियाको शासन हुनुपर्छ तर कांग्रेसमा अझै व्यक्तिकेन्द्रित मानसिकता हावी छ ।
आगामी महाधिवेशनले यी प्रश्नहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । केवल नयाँ सभापति चयन गरेर पुरानै संस्कार दोहोर्याउने हो भने कांग्रेस जनताको मनबाट हराउनेछ । जनताले अब विचार होइन परिणाम मागिरहेका छन् । उनीहरू शासक होइन, सेवक खोजिरहेका छन् । त्यसैले कांग्रेसले सेवा र उत्तरदायित्वका मूल्य पुनर्स्थापित गर्नुपर्छ । नेपालको मध्यमवर्ग, बुद्धिजीवी र लोकतन्त्रप्रेमी वर्ग अझै पनि कांग्रेससँग भावनात्मक रूपमा जोडिएको छ। तर विश्वासको पुनःस्थापना बिना त्यो सम्बन्ध टिक्दैन । अहिले कांग्रेसको समस्या लोकप्रियताको होइन विश्वसनीयताको हो । जनताले कांग्रेसलाई सत्तालोभी, ढिलासुस्ती र गुटगत पार्टीका रूपमा बुझ्न थालेका छन् । यही छवि तोड्न अब नारा होइन व्यवहार परिवर्तन आवश्यक छ ।
पार्टीले आत्मसमीक्षा मात्र होइन आत्मालोचना पनि गर्नुपर्छ । असफल सरकार सञ्चालन, नीतिगत अस्पष्टता, भ्रातृ संस्थाहरूमा देखिएको अनियमितता र भ्रष्टाचारप्रतिको मौनता यी सबैका लागि नेतृत्वले जनतासँग क्षमायाचनासहित नयाँ संकल्प गर्नुपर्छ ।
नयाँ पुस्ताको आवाजलाई पार्टीको केन्द्रमा ल्याउन नसके कांग्रेस पुनर्जीवित हुन सक्दैन । बी.पी. कोइरालाले प्रतिपादन गरेको ‘मानव–केन्द्रित समाजवाद’को अवधारणा अहिले पनि प्रासंगिक छ । तर पार्टी त्यस मानवीय मूल्यभन्दा सत्ता र पहुँचको खेलमा सीमित भएको छ । त्यसैले कांग्रेसले समाजवादी विचारलाई आधुनिक आवश्यकताअनुसार पुनःव्याख्या गर्नुपर्छ ।
आजको नेपाल बेरोजगारी, गरिबी, जलवायु संकट, प्रवासन र प्रविधिगत रूपान्तरणका चुनौतीमा बाँधिएको छ । यी चुनौतीको सामना पुरानो वादले होइन नवीन नीति र व्यवहारिक दृष्टिकोणले मात्र गर्न सकिन्छ । कांग्रेसले अब आर्थिक नीति, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका सवालमा ठोस दृष्टिकोण प्रस्तुत गर्नुपर्छ । लोकतन्त्रको रक्षा केवल संसदमा उपस्थिति जनाएर हुँदैन । यसको मूल सिद्धान्त उत्तरदायित्व, पारदर्शिता र सेवा हो । कांग्रेसले सत्ता सम्हालेका बेला पनि यही भावनालाई जनतासम्म पुर्‍याउन सकेन । यही कारण लोकतन्त्रप्रतिको जनआस्था कमजोर बन्दै गएको छ ।
अब कांग्रेसको भविष्य उसले आउने महाधिवेशन र आगामी निर्वाचनमा कस्तो व्यवहार प्रदर्शन गर्छ भन्नेमा निर्भर छ । यदि नयाँ नेतृत्व, नीति र सोच अंगीकार गर्न सक्यो भने, पुनर्जागरण सम्भव छ । अन्यथा कांग्रेस केवल अतीतको गौरवमा सीमित हुनेछ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अहिलेको सन्दर्भमा सबैभन्दा बढी जिम्मेवारी बोकेका छन् । उनीहरूले आफ्नो लोकप्रियतालाई संगठनात्मक दक्षता र राजनीतिक परिपक्वतामा रूपान्तरण गर्नुपर्छ । यो क्षण उनीहरूका लागि अवसर पनि हो परीक्षा पनि हो । कांग्रेसको रूपान्तरण केवल युवाको जिम्मा होइन पुरानो पुस्ताले पनि आफ्नो भूमिकालाई सम्मानपूर्वक सल्लाहकार तहमा रूपान्तरण गर्नुपर्छ । ६५ वर्षभन्दा माथिका नेताहरूलाई सल्लाहकार भूमिकामा राखी कार्यकारी जिम्मेवारी नयाँ पुस्तालाई सुम्पन सकियो भने पार्टीभित्र सन्तुलित पुस्तान्तरण सम्भव हुन्छ ।
भ्रातृ संस्थाहरूको पुनर्समीक्षा, पेशागत संघसंस्थाहरूको गैरराजनीतिकीकरण, सदस्यता प्रणालीमा पारदर्शिता र संगठनात्मक अनुशासन पुनर्स्थापना कांग्रेस पुनर्जागरणका आधारशिला हुन् । कांग्रेसले आफूलाई पुनर्स्थापित गर्न सकेन भने लोकतन्त्रकै स्वरूप कमजोर हुनेछ किनकि नेपालमा लोकतन्त्रको संस्थागत इतिहास कांग्रेसकै संघर्षसँग गाँसिएको छ । अन्ततः कांग्रेसको अबको यात्रा आत्मचिन्तन, आत्मपरिवर्तन र जनसेवाको प्रतिबद्धताबाट शुरू हुनुपर्छ । नेतृत्वले जनताको पीडा महसुस गर्नुपर्छ संगठनले जनताको आवाज सुन्न र समावेश गर्न सिक्नुपर्छ र पार्टीले सत्ता होइन सेवा गर्ने संस्कार पुनर्जीवित गर्नुपर्छ ।
नेपालको नयाँ राजनीतिक नक्सा आजका युवाहरू कोर्दै छन् । सडकमा उत्रिएका ती युवाहरू केवल असन्तुष्ट होइनन् उनीहरू नयाँ नेपालको परिकल्पना गरिरहेका छन् । कांग्रेसले यदि उनीहरूको सपना बुझेर आफ्नो भिजन त्यस दिशामा मोड्न सक्यो भने पुनर्जन्म सम्भव छ । तर यदि पुरानै ढाँचामा बाँधिएर समयसँग लड्ने प्रयास गर्‍यो भने इतिहासले कांग्रेसलाई अतीतको अध्यायमा मात्र सीमित गर्नेछ अब समय देउवा युगको अन्त्य मात्र होइन नयाँ सोच, नयाँ नेतृत्व र नयाँ कांग्रेसको सुरुवातको हो त्यो कांग्रेस जसले फेरि जनतामाझ आफ्नो नैतिकता, सेवा र उत्तरदायित्वका आधारमा विश्वास पुनःस्थापित गर्न सकोस् । यदि त्यो रूपान्तरण सम्भव भयो भने नेपाली कांग्रेस फेरि एकपटक लोकतन्त्रको सार बन्नेछ । जसले न केवल सत्ता पाउने आकांक्षा राख्छ तर देश र जनताको भविष्य निर्माण गर्ने साहस पनि देखाउँछ ।
(लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)
ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

विपन्न समुदायमाथि वित्तीय घात उनीहरुको नामको कर्जा दुरुपयोग

महिलाहरुको पहुँच बढाउन वैशाखमा नेपाल निजामती कर्मचारी संगठनले महिला भेला गर्ने

महिलाहरुको पहुँच बढाउन वैशाखमा नेपाल निजामती कर्मचारी संगठनले महिला भेला गर्ने

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host