ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 


वैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग 
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, १५ माघ २०८२/ नेपाल पत्रकार महासंघ अन्तर्गत स्थापित बैदेशिक शाखाहरूले महासंघको केन्द्रिय संरचना, निर्वाचन प्रक्रिया तथा निर्णय प्रणालीमा समान सहभागिता र प्रतिनिधित्वको माग गरेका छन्। नेपाल पत्रकार महासंघ लेखा समिति सदस्यका उपबिजेता गणेश प्रसाद बन्जाडेले महासंघको केन्द्रिय समितिलाई सम्बोधन गर्दै बुझाएको औपचारिक निवेदनमार्फत प्रवासमा स्थापित पत्रकार महासंघका शाखाहरूलाई विगतदेखि नै उपेक्षा गरिएको गम्भीर आरोप लगाएका छन्।

उनले पत्रमा उल्लेख गरेअनुसार, प्रवासमा बसोबास गर्ने करिब ५० लाख नेपालीको आवाज प्रतिनिधित्व गर्ने बैदेशिक शाखाहरू नेपाली पत्रकारिता प्रवर्द्धन, प्रवासी समुदायका मुद्दा, समाचार र आवाजलाई विश्वसमक्ष पुर्‍याउन सक्रिय रहँदै आए पनि महासंघका विभिन्न निर्वाचन, नीति निर्माण र निर्णय प्रक्रियामा सहभागिता सीमित बनाइँदै आएको छ। साथै, विगतमा उपभोग गरिँदै आएका कतिपय अधिकारहरू कटौती गरिएकोप्रति समेत गम्भीर ध्यानाकर्षण गराइएको छ।पत्रमार्फत महासंघको केन्द्रिय समितिसमक्ष निम्न तीन प्रमुख माग प्रस्तुत गरिएको छ:

मतदान अधिकार सुनिश्चितता
नेपाल पत्रकार महासंघको विधानको परिच्छेद ५, दफा १६ को उपदफा ४ अनुसार सम्पूर्ण सदस्यले मतदान गर्न पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै प्रवास शाखाका सदस्यहरूलाई विभिन्न बहानामा वञ्चित गरिएको भन्दै केन्द्रिय समितिको निर्वाचनमा बैदेशिक शाखाहरूलाई पनि मतदान अधिकार सुनिश्चित गर्न माग गरिएको छ।

केन्द्रिय समितिमा प्रतिनिधित्व
केन्द्रिय कार्यसमितिमा बैदेशिक शाखाहरूको तर्फबाट कम्तीमा एक जना प्रतिनिधिलाई मनोनयन वा निर्वाचित गर्ने स्थायी र दिगो व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

ADVERTISEMENT

समान दृष्टिकोण र सहभागिता
जिल्ला, प्रदेश, राजधानी उपत्यका, प्रतिष्ठान तथा मिडिया हाउसजस्तै संरचनासरह बैदेशिक शाखाहरूलाई पनि समान हैसियत र दृष्टिकोणले हेरी महासंघका सम्पूर्ण गतिविधिमा समान सहभागिताको अवसर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

बन्जाडेले प्रस्तुत मागहरू महासंघको समावेशी, लोकतान्त्रिक र समान सहभागितामूलक मूल्य–मान्यतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। प्रवासमा क्रियाशील पत्रकार संगठनहरूले लामो समयदेखि उठाउँदै आएको यो विषयले अब महासंघको केन्द्रिय संरचनामा नीतिगत बहस र संरचनागत सुधारको बहसलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host