ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला


फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला
ADVERTISEMENT

काठमाडौं, फाल्गुण ४ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौं –७ का उम्मेदवार वसन्त मानन्धरले मतदातामाझ आफ्ना एजेण्डा प्रस्तुत गरेका छन् । काठमाडौं–७ (क) बाट दुईपटक प्रदेश सांसदमा निर्वाचित भएका उनले अब पनि जनताको मन जितेर काम गर्ने बताएका छन् । उनी पूर्वमन्त्रीसमेत हुन् ।‘मलाई यहाँका मतदाताले दुइपटकसम्म पत्याएर जिताउनुभयो, जति गर्न सकें त्यो काम गरे’ उनले भने ‘प्रदेशमा हुँदा बजेट थोरै हुने भएकाले पनि चाहँदाचाहँदै धेरै काम गर्न नसकिएको हुन सक्छ, अबका दिनमा पनि आफ्नो तर्फबाट विकासको लागि सक्दो पहल गर्छु ।’ उनले फेसबुक स्टाटसमा लेखेका छन् ‘आदरणीय काठमाडौं क्षेत्र नं. ७ निवासी आमा–बुवा, दिदीबहिनी तथा दाजुभाइहरू, आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार म वसन्त मानन्धरको तर्फबाट हार्दिक अभिवादन तथा नमस्कार । निर्वाचन कार्यतालिका अनुसार अब प्रचारप्रसारको चरण सुरु हुँदैछ ।

यसक्रममा म तपाईँहरूमाझ आइरहने छु र घरदैलो कार्यक्रममार्फत प्रत्यक्ष भेटघाट गर्ने छु । हाम्रो क्षेत्रका आवश्यकता, समस्या र अपेक्षाहरू पूरा गर्न प्रभावकारी कानुन निर्माण नै मेरा मुख्य एजेन्डा हुने छन् त्यसैले मेरो चुनावी प्रतिबद्धतामा समेटिनुपर्ने विषयहरूबारे तपाईँहरूको अमूल्य सुझावको अपेक्षा गर्दछु । यस क्षेत्रका मतदाताज्यूहरु, यो क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरु तथा विश्वका विभिन्न भागमा रहनुभएका दिदीबहिनी एवं दाजुभाइहरूलाई व्यक्तिगत तथा संस्थागत रूपमा आफ्ना सुझाव दिन विनम्र अनुरोध गर्दछु । तपाईँहरूले मेरो फेसबुक इन्बक्स वा तल उल्लेखित फोन नम्बरमा फोन, म्यासेज, ह्वाटसएप तथा इमेलमार्फत आफ्ना सुझाव पठाउन सक्नुहुने छ ।’

ADVERTISEMENT
ADVERTISEMENT

उनले आफ्नो नम्बर ९८४१५२८५१९; ९८५१२०८५१९ सार्वजनिक गर्दै केही सल्लाह र सुझाव भए दिन पनि आग्रह गरेका छन् । ‘तपाईँहरूवाट प्राप्त हुने सुझावले हाम्रो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु’ उनले लेखेका छन् ‘ मैले बागमती प्रदेशसभाको सदस्यको हैसियतमा हजुरहरूले सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने निरन्तर प्रयास गर्दै आएको थिएँ । यस अवधिमा प्रदेश तहबाट सम्भव भएका नीति, कार्यक्रम तथा जनसरोकारका विषयहरूमा आवाज उठाउन र कार्य गर्न पाएकोमा म गर्व महसुश गर्दछु ।’ उनले जेनजी आन्दोलनको बारेमा यसो भनेका छन् ‘ राजनीतिक दल र नेतृत्वमा देखिएको दम्भ र अहंकारले जनतामा बढ्दो असन्तुष्टिलाई समयमै सम्बोधन गर्न सकेन, सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित जेनजी पुस्ताले उठाएको आवाजलाई शासकले सुन्न सकेन, उल्टै दमनको नीति अपनाइयो ।’

उनले प्रतिनिधिसभामा पुगेर जनताको आवाज सशक्त रूपमा उठाउने, नीति निर्माणको केन्द्रीय तहमा जनजीविकाका सवाल स्थापित गर्ने, संविधानको मर्मअनुसार संघीयतालाई बलियो बनाउने कानुन तर्जुमा गर्ने, प्रदेश र स्थानीय तहबीच सन्तुलन कायम गर्न पहल गर्ने, महँगी र बेरोजगारी अन्त्यका लागि बनेका नीतिहरू कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने, सामाजिक न्याय र सन्तुलित विकासको पक्षमा अडान लिने, कुशासन र भ्रष्टाचारविरुद्ध प्रदेशसभाको जस्तै सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । उनले दलगत बैरभाव कतै नराखी पारदर्शी र जवाफदेहीतासहित काम गर्ने पनि जनाएका छन् । उनले आगामी दिनमा पनि जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, सामाजिक न्याय र समृद्धिको पक्षमा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफु र आफ्नो चुनाव चिन्ह तारामा मत दिन आग्रह गर्दै उनी भन्छन् ‘गणतन्त्रको रक्षा, संसदभित्र देखिएको अराजकताको अन्त्य गर्न, भ्रष्टाचारविरुद्ध आवाज उठाउन तारा चिन्हमा मतदान गरी विजयी गराउनुहुन सविनम्र अनुरोध गर्दछु ।’ यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नम्बर १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाका वडा नम्बर १, २ र ३ सँगै तारकेश्वर नगरपालिकाका वडा नम्बर ३, ४ र ५ पर्दछन्।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती

नेपाली कम्युनिस्ट पार्टी काठमाडौं निर्वाचन क्षेत्र २ ले केन्द्रीय सदस्य कृष्णराज सुबेदीको संयोजकत्वमा ५५१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा

नेपाली कम्युनिस्ट पार्टी काठमाडौं निर्वाचन क्षेत्र २ ले केन्द्रीय सदस्य कृष्णराज सुबेदीको संयोजकत्वमा ५५१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host