ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव


मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

शंखरापुर नगरपालिका वडा नं.८, काठमाडौं / भुल्बु काठमाडौंमा अवस्थित मणिचूड आधारभूत विद्यालयले चैत्र ३ गते पहिलो पटक ४९ औँ वार्षिकोत्सव मनाएको छ। यस नगरपालिकाको धार्मिक स्थल मणिचूड महादेवको नामबाट नामकरण गरिएको उक्त विद्यालय २०३३ सालमा समाजसेवी तथा राजनीतिज्ञ जोकमेहेर श्रेष्ठको पहलमा स्थापना भएको हो। आधारभूत तह (कक्षा १–५) सम्म सञ्चालन अनुमति प्राप्त यस विद्यालयमा मोन्टेसोरी पद्धतिमा अध्यापन हुँदै आएको छ। पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको यस विद्यालयलाई EYE Nepal को पहल तथा शंखरापुर नगरपालिकाको सहकार्यमा बालमैत्री नमुना विद्यालयको रूपमा समेत घोषणा गरिएको छ।

वार्षिकोत्सव कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पोते थिङ, वडा सदस्यहरू सुदन केसी र मनोज तामाङ, समाजसेवी, बुद्धिजीवी, पूर्व प्रधानाध्यापक तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको उपस्थितिमा कार्यक्रम समापन भएको थियो।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष पोते थिङले विद्यालयको संरक्षण र विकासका लागि स्थानीय सरकारले जिम्मेवारी लिने घोषणा गर्नुभयो। त्यसैगरी, विगत पाँच वर्षदेखि विद्यालयलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था EYE Nepal का कन्ट्री डाइरेक्टरले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गर्दै सम्पूर्ण जिम्मेवारी आफूहरूले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।यसै क्रममा मन्तव्य राख्दै पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयबहादुर केसीले विद्यालय राजनीतिक प्रभाव र निजी (बोर्डिङ) विद्यालयहरूको प्रतिस्पर्धाका कारण कमजोर भएको भन्दै दुःख व्यक्त गर्नुभयो। उहाँले अब सबै मिलेर विद्यालयको विकासमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रधानाध्यापक श्यामबहादुर तामाङले विद्यालय जोगाउन आफू २४ सै घण्टा खटिन तयार रहेको प्रतिबद्धता जनाउनुभयो। वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयमा सवारी साधन (गाडी) व्यवस्थापनको प्रक्रिया समेत अगाडि बढाइएको जानकारी दिनुभयो। कार्यक्रममा विद्यार्थीहरूलाई पुरस्कार वितरण, अभिभावक सम्मान, पूर्व अध्यक्ष तथा पूर्व प्रधानाध्यापक सम्मान र शिक्षक सम्मानका कार्यक्रमहरू समेत आयोजना गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षिका बिमला खत्रीले गर्नुभएको थियो। उक्त कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण कुमार केसिले स्मार्ट टिभी समेत प्रदान गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय सेवा

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय सेवा

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

स्नो रिभर्स लिमिटेडकाे चैत ९ गतेदेखि IPO निष्काशन

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा ६२ देशमा विस्तार

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा ६२ देशमा विस्तार

नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस

नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host