काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकदोहोरी गीत ‘बैगुनीले बिर्सियौं गुन लाको’ सार्वजनिक भएको छ। उक्त गीत रेणुका खतिवडाको आधिकारिक युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो। गीतमा काठ क्षेत्रका परिचित कलाकार घमेश दुलाल र रेणुका खतिवडाको स्वर रहेको छ भने अशोक कुमार सापकोटाको शब्द सिर्जना रहेको छ। गीतको संगीत संयोजन सुफिक्स मदनले गरेका छन्।
video link
गीतको म्युजिक भिडियोको निर्देशन इन्दु दनुवार (आई.के.डी.) ले गरेकी छन्। भिडियोमा प्रतिक्ष्या खड्का र शिराज वाइबाको अभिनय रहेको छ। भिडियोले प्रेम, विश्वास र सम्बन्धका भावनात्मक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। भिडियो निर्माणमा हिरा मणि ढकाल (प्रोडक्सन कन्ट्रोलर), सुरज लामिछाने (क्रिएटिभ कन्सल्टेन्ट), चन्द्रमान श्रेष्ठ (स्टुडियो) तथा जुरेश धेसार (सपोर्ट) लगायतको सहकार्य रहेको छ।
निर्माण टिमका अनुसार गीतको भिडियो सार्वजनिक भइसकेको छ र यसले नेपाली संगीतप्रेमी दर्शक–श्रोताको मन जित्ने विश्वास लिइएको छ।






