ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । उद्योगबाट निस्किने फोहोर पानी प्रशोधन नगरी नदी तथा खोलामा मिसाउने उद्योगमाथि सरकारले निगरानी कडा बनाउने भएको छ। उद्योग विभागले वातावरणीय मापदण्डअनुसार फोहोर पानी प्रशोधन गरेर मात्र विसर्जन गर्न उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी प्रदूषणबारे गुनासो बढेपछि चाडपर्वका बेला नदी सफा राख्न आग्रह गरिएको हो। निर्देशन पालना भए–नभएकोबारे सम्बन्धित सरकारी निकाय र स्थानीय तहले संयुक्त अनुगमन गर्ने विभागले जनाएको छ।







