ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड


मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि, त्यसले स्थापित गरेका राजनीतिक उपलब्धि, वर्तमान मधेशको अवस्था तथा आगामी दिनमा लिनुपर्ने राजनीतिक, सामाजिक र आर्थिक दिशाबारे गहन छलफल गरिएको छ। प्रतिष्ठानकी अध्यक्ष तथा शहीद सञ्जय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता सुरेन्द्र महतो तथा सहजकर्ता अधिवक्ता आनन्द गुप्तालगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
पूर्वन्यायाधीश गिरिशचन्द्र लालले मधेशका पुराना राजनीतिक नेतृत्वको परीक्षण भइसकेको भन्दै नयाँ नेतृत्व स्थापित हुन नसक्दा अहिले मधेशमा नेतृत्वको रिक्तता देखिएको बताएका छन्। लालले पुराना नेताहरूको विकल्पमा नयाँ नेतृत्व आउन नसक्दा मधेशको राजनीतिमा नेतृत्वविहीनताको अवस्था सिर्जना भएको धारणा राखे। उनले विगतकै शैली र परम्परागत राजनीतिक अभ्यासबाट मात्रै अब नयाँ नेतृत्व स्थापित हुन नसक्ने बताए। मधेशको वास्तविक समस्या र जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेतृत्व पहिचान गर्न गम्भीर प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

‘जनताको वास्तविक हितमा काम गर्ने नेताको खोजी हुनुपर्छ,’ लालले भने, ‘यसका लागि युवा पुस्ताले नै सक्रिय भएर मेहनत गर्न जरुरी छ।’ मधेशको राजनीतिक भविष्य निर्माणका लागि नयाँ पुस्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वमा नयाँ सोच, क्षमता र जनउत्तरदायित्व आवश्यक रहेको बताए। पुरानो राजनीतिक अभ्यासको निरन्तरताभन्दा जनताका वास्तविक सरोकारलाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने उनको धारणा थियो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान संशोधनको विषय मधेशका लागि संवेदनशील रहेको बताए। उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन गर्दा मधेसले विगतका आन्दोलन र संघर्षबाट प्राप्त गरेका अधिकारसमेत गुम्ने जोखिम रहेको दाबी गरे।मधेशको राजनीतिलाई वर्तमान परिस्थितिअनुसार अत्यन्तै सचेत र रणनीतिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै त्रिपाठीले प्राप्त उपलब्धिको संरक्षणसँगै थप अधिकारका लागि राजनीतिक पहल आवश्यक रहेको बताए।

ADVERTISEMENT

उनले मधेशकेन्द्रित राजनीतिक दलहरूले समेत आफ्नो कार्यशैली र संगठनात्मक संरचनामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। जनताको अपेक्षा र बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसके मधेशकेन्द्रित दलहरूको प्रभाव थप कमजोर हुन सक्ने उनको भनाइ थियो। अन्तरक्रियामा मधेशको आगामी राजनीतिक यात्रामा नयाँ पुस्ताको भूमिकालाई विशेष महत्व दिनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो। पुराना संघर्ष र आन्दोलनबाट प्राप्त अनुभवलाई आत्मसात गर्दै नयाँ पुस्ताले राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

मधेशका समस्या पहिचान गर्ने मात्र नभई त्यसको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, सक्षम नेतृत्व र जवाफदेही राजनीतिक संरचना आवश्यक रहेको कार्यक्रममा औंल्याइएको थियो। कार्यक्रमका सहभागीहरूले मधेशको विगतको संघर्ष र उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्दै वर्तमान चुनौतीको पहिचान र भविष्यको स्पष्ट मार्गचित्र निर्माण गर्न यस्ता बहस आवश्यक रहेको बताएका थिए।

अन्तरक्रियाले मधेशको आगामी यात्रा कुन राजनीतिक, सामाजिक तथा आर्थिक दिशातर्फ अघि बढाउने भन्ने विषयमा थप गम्भीर बहसको आवश्यकता औंल्याउँदै अधिकार, सुशासन, समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर नयाँ राजनीतिक सोच विकास गर्नुपर्ने सन्देश दिएको छ। कार्यक्रममा वक्ताहरूले मधेशको विगतको राजनीतिक यात्रा, विभिन्न चरणमा भएका आन्दोलन तथा संघर्षबाट प्राप्त उपलब्धिको समीक्षा गर्दै वर्तमान अवस्थामा मधेशले भोगिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीबारे धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ

कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ

लोकतन्त्र बलियो बनाउन आन्तरिक लोकतन्त्रदेखि राष्ट्रिय स्वाधीनतासम्म नयाँ बहस आवश्यक

लोकतन्त्र बलियो बनाउन आन्तरिक लोकतन्त्रदेखि राष्ट्रिय स्वाधीनतासम्म नयाँ बहस आवश्यक

जिल्लाका निवर्तमान कोषाध्यक्ष सापकोटा धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

जिल्लाका निवर्तमान कोषाध्यक्ष सापकोटा धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

सरकारका निर्णयबारे रास्वपाको प्रश्न

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, शिक्षा र स्वास्थ्य समता शुल्क हटाइयो

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host