मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष — माननिय राम बहादुर थापा मगर प्रमुख अतिथि बरिष्ठ अधिबक्ता गौ बहादुर आले मगर बिशिष्ट आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको कार्यक्रममा “एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड–२०८० मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका व्याक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्याक्तित्वहरुको प्रकाशित जीवनी एक तारा (भाग ७) को बिमोचन गरिएको थियो ।
अवार्ड प्राप्त गरिसकेपछी उनले आफुलाई थप जिम्मेवारी बोध भएको र आफुलाई भाग्यमानी महशुस भएको बताए । माझिले आफ्नो समुदायको उत्थानको निम्ति गीत सङ्गित, फिल्म, डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनी विभिन्न संघ संस्था, कार्यक्रम तथा समारोहबाट सम्मानित भाईसकेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड २०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका थिए । उनलाई बिरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ मा माझी समुदायको उत्थानका निम्ति गरेको योगदानको कदर गर्दै “माझी किङ ” को उपाधिबाट सम्मान दिइएको थियो । त्यसैगरी छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई माझी किङ सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । माझी समुदायको पहिलो रेकर्ड गरिएको भाषिक गीत गाएर उनले आफ्नो पहिचान बनाएका हुन् ।
सही जवाफ पत्रिका
काठमाडौँ, नेपाल
+9779851112187
sahijawaaph@gmail.com
info@dibaynews.com
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
