ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यतामा २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन


प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यतामा २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

चितवन, २ कात्तिक। प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको स्मृति कुन्ज पुस्तक समेत विमोचन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रशिक्षणको अवधिमा मेहनत, लगन र त्यागबाट आर्जन गरेको आधारभूत ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा कुनै पनि लोभ, लालच, भय र त्रासबाट मुक्त रही अन्यायमा परेका पीडित र संकटमा परेका नागरिकको सेवा गर्दै राष्ट्र सेवामा प्रखर रूपमा प्रस्तुत हुन उहाँले दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो ।

ADVERTISEMENT

प्रहरी महानिरीक्षक खापुङ्गले जस्तो सुकै परिस्थितिमा पनि नेपाल प्रहरीले अग्रपंक्तिमा रही उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै कठिन घडीमा पनि आम नागरिकलाई सेवा र सुरक्षा दिलाउनुका साथै विगतका त्रुटिहरूको विश्लेषण गर्दै विचलित नभई कानुन बमोजिम गर्नुपर्ने कारवाहीमा व्यावसायिक दृढताका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सुरक्षा एक अनुभूति भएको र आम नागरिकले प्रहरी प्रति बनाएको धारणाले सुरक्षामा गहिरो अर्थ राख्ने उल्लेख गर्दै प्रहरीको कर्म र धर्म नै नागरिक सेवा र सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गरी असल आचरण र बोली वचन सहित पूर्ण व्यावसायिक भई जनअपेक्षा अनुरूप कर्तव्य निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक ९ गतेदेखि संचालित उक्त तालिममा ५३ जना महिला सहित कुल ३ सय ७७ जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरू ले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो । उक्त समारोहमा चितवन जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश दयाराम ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अ.लक्ष्मी प्रसाद पौडेल,प्रहरी ना.महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रदेश स्थित सुरक्षा निकायका पदाधिकारीहरू विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, प्रशिक्षार्थीहरूका अभिभावक तथा परिवारजनहरू, समाजसेवी, संचारकर्मीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रिया सम्पन्न

नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रिया सम्पन्न

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host