ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT

२९ पुष, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा आज (२०८० पुस २९ गते) सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ५० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित शेयर धनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफा भन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताउनु भयो ।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.४१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ५५.५२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६५.०७ प्रतिशतले हुन आउने रु २८.५६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको छ ।’

सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टी (VoLTE-Voice over LTE) सेवा तथा एफटीटीएच सेवा बिस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलतापूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको उहाँले बताउनु भयो । यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरुमा अत्याधनिुक दूरसञ्चार सेवाको पहुँच बिस्तार भएको उहाँले बताउनु भयो । अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर High Bandwidth Connectivity बिस्तार गर्ने र Content मा आधारित Value Added Services को विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा यस क्षेत्रमा भइरहका नवप्रवर्तन र विकासमा आधारित प्रविधि र सेवा बिस्तार गर्न अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको उहाँले बताउनु भयो । ग्रामीण दूरसञ्चार विकास (RTDF) कोष  बाट प्राप्त सहयोगको अधिकतम प्रतिफल प्राप्त हुनेगरी सूचना महामार्ग निर्माण गर्ने कार्यले गति लिएको समेत उहाँले बताउनु भयो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले अगाडि भन्नुभयो, ‘देशभर फोरजी/एलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस (ADSS)अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंकमार्फत सेवा उपलब्ध गराइने र  विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘टुजी प्रविधिको प्रयोग गर्ने ग्राहकहरूको संख्या उल्लेख्य रहकोले यसको स्तरोन्नति र फोरजी सेवाको बिस्तार गरी दुर्गम र विकट क्षेत्रमा पुर्‍याउने कार्यलाई निरन्तरता दिइएको छ । जीएसएम मोवाइल सेवाको सञ्चालन अनमुति पत्रको अवधि २०८१ मा अवधि पूरा हुने भएकोले कानुनमा व्यवस्था भए अनुसार दोस्रो अनुमति पत्रको लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको छ । फाइभजी प्रविधिको परीक्षणको लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहको छ र नियामक निकायबाट परीक्षणको स्वीकृति प्राप्त भए पश्चात् परीक्षण गरिनेछ ।’

ADVERTISEMENT

दूरसञ्चारको प्रतिस्पर्धात्मक बजार अनुरुप समय सापेक्ष कम्पनीको पुनःसरचना गर्नेतर्फ विशेष ध्यान दिइने र कम्पनीमा उपलब्ध जनशक्तिको उच्चतम उपयोग गर्ने नीतिलाई प्राथमिकता दिइएको बताउदै उहाँले विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध स्थापित गरी कम्पनीको हित अनुकूल हुनेगरी साझेदार संस्थाहरुसँगको सहकार्य- समेतमा विभिन्न सेवा विस्तार गर्नेतर्फ कम्पनीका गतिविधि निर्देशित गरिने र यस कार्यमा कम्पनीमा कार्यरत कर्मचारी, नियामक निकाय तथा शेयर धनी महानुभावहरुबाट सदाझैं पूर्ण सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको बताउनु भयो ।

ADVERTISEMENT

कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनी महानुभावहरुले उठाउनु भएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझाव दिने शेयरधनीहरुप्रति आभार व्यक्त गर्नुभयो । कम्पनीले सोह्रौ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०८० पुस २९ गते) देखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन

नेपाल टेलिकमले तिलिचो र छो रोल्पा ट्रेकिङ रुटमा मोबाइल सेवा सुरु गर्‍यो

नेपाल टेलिकमले तिलिचो र छो रोल्पा ट्रेकिङ रुटमा मोबाइल सेवा सुरु गर्‍यो

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

निशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारीमा

निशुल्क वाइफाइ उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरण तयारीमा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host