ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१ फागुन, काठमाडौं । आगामी फागुन २५ बाट रिलिज हुने फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन-प्रधान रहेको ट्रेलर सार्वजनिक गरिएको हो । राष्ट्रिय भावनामा आधारित फिल्मको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधि – नतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ ।

यस अघि देशभरका विभिन्न स्थानमा च्यारिटी शो प्रदर्शन गरिएको यो फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्म को रुपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क प्रदान गरेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले काँडेता-रको च्यारिटी शो र प्रचारप्रसार गर्दै जाँदा जनकपपुरमा प्रमुख जिल्ला अधिकारीले हल सञ्चालकहरूलाई फिल्म नदेखाउन निर्देशन नै दिएको बताए ।

ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार खड्काले वीरगञ्जमा त्रिमूर्ति सिनेमा घरका मालिकले भारत विरोधी फिल्म रहेछ नदेखाउनू भन्ने आदेश दिएर शो रोक्न लगाएको आरोप लगाए । उनले सरकारले सेन्सर गरेर फिल्म देखाउन अनुमति दिइसके पछि केही व्यवसायी र व्यक्तिहरूले यो फिल्मको प्रदर्शन रोक्न खाज्दा कानुन आकर्षित हुन्छ की हुँदैन ? भन्दै प्रश्न गरे । यस फिल्ममा चलचित्र विकास बोर्डको सहकार्य रहेकाले सबै ठाउँमा चल्न दिनुपर्ने बताए ।

यस्तै, अभिनेता खड्काले काँडेतारसँग अन्य फिल्म जुधाइरहँदा विकास बोर्ड किन मौन रहेको भन्दै प्रश्न गरे । राष्ट्रवादी, चेतना मूलक एवम् ऐतिहासिक विषयवस्तुका फिल्महरू निर्माण गरी नेपाली फिलम क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त फिल्मको रूपमा लिइएको छ ।

नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको फिल्ममा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।

V-Link: https://www.youtube.com/watch?v=JX7uL-NRtYE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

चलचित्र बा एक योद्धा

चलचित्र बा एक योद्धा

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host