सन्तोष प्रसाद तिवारी/ २७ जेठ, काठमाडौं। आयाेजक नेपाल कराते महासंघ (लैनचाैर डाेजाे परिवार तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल) Nepal Shito Ryu karate Association काे आयोजनामा उपत्यका ब्यापी खुल्ला कराँते प्रतियोगिता सम्पन्न भएको छ । आयोजित Dojo कराँते खेलमा ३०० सय भन्दा बढी देसै भरका खेलाडीहरू सहभागी भएकाे आयोजकले जनाएको छ।
सुर्य भुजेलकाे अध्यक्षतामा सम्पन्न भएको कराँते प्रतियोगिता यहि जेठ २५ गतेदेखि सुरु भएको थियो भने,खेल २६ गते सम्पन्न गरिएको हाे । खेल कार्यक्रम प्रतियोगिता ठमेल काठमाडौँमा रहेको Godavari Alumni Association काे हलमा भएकाे थियो ,भने विजेता खेलाडीहरुलाई आकर्षक पुरस्कारबाट पुरस्कृत सहित सम्मान गरिएको थियो।













