ADVERTISEMENT
४ असार ,काठमाडौं । ललितपुरको बालकुमारीमा आज ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्को तर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ५३५७ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सिन्धुली तिनपाटन घर भएका ३५ वर्षीय रमेश कुमार पाण्डेको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक धादिङ धुनिबेसी नगरपालिका घर भएका ४३ वर्षीय विशाल राईलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।
ADVERTISEMENT











