ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सुरक्षित गर्भपतनको नाममा सुन्दर महतो बालबालिकाको ५ देखि १५ लाखसम्म बेचबिखन गर्दै,राज्य नै बेखबर


सुरक्षित गर्भपतनको नाममा सुन्दर महतो बालबालिकाको ५ देखि १५ लाखसम्म बेचबिखन गर्दै,राज्य नै बेखबर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२१ असार ,काठमाडौं। नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा बालबालिकाहरूको बेचबिखन भइरहेको छ। यस्तो बेचबिखन भनेको गैरकानुनी रूपमा बेच्ने र किन्ने काम हो। नेपालमा पनि यसरी बालबालिका बेचबिखनमा लाग्नेहरू धेरै छन्। बेचबिखन गर्नेहरूले गरिब र सरल विचार भएका मानिसहरूलाई आफ्नो फन्दामा पार्ने गरेको पाइएको छ। त्यस्तै नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवा भन्दै काठमाडौंको कलंकीमा बालबालिका बेचबिखन गरेको पाइएको छ। काठमाडौंको कलंकी चोकमा सुरक्षित गर्भपतन भनेर रामसुन्दर महतो बालबालिको ५ लाखदेखि १५ लाख रूपैयाँसम्म असुली गरेर बेचबिखन गर्ने गरेको खुलासा भएकाे छ। उनले केही दिन अगाडी मात्र एकजना अदाजी १७-१८ बर्षकाे महिलालाइ रूपैयाँकाे प्रलाेभन देखाएर बच्चा बेचबिखन गरेर माेटाे रकम बार्गेनिङ गरेपछि साे कुरा बाहिर आएकाे हाे। उनले याे भन्दा पहिला पनि धेरै बच्चाहरू बेचेकाे र  उनिहरूकाे अवस्था अहिले राम्राे हुँदै गएकाे भन्दै तपाइहरूले पनि याे बच्चा लिएपछि राम्राे हुनेसम्मकाे ग्यारेन्टी गरेर पैसाकाे बार्गेनिङ गरेकाे स्राेतकाे दाबी छ।

विपन्न घरमा जन्मिएका बालबालिकका अभिभावकलाइ रूपैयाँको प्रलोभन देखाएर बालिकाको किनबेच गर्ने गरेको रहस्य खुलेको छ। विगत १४ बर्षदेखि महतोले सञ्चालन गर्दै आएको सुरक्षित गर्भपतन सेवालाइ देखाएर अवैधानिक ढंगले लामो समयदेखि बालबालिहरूको बेचबिखन गर्ने गरेको पाइएको हो। सकेमम्म महतोले अस्पताल जान नदिएर आफ्नै सुरक्षित गर्भपतन सेवामै बच्चालाइ जन्माउने र आफैले बेचबिखन गर्ने गरेको स्राेतले जनाएकाे छ। महतोले केही दिन अगाडी मात्र एकजना बालिका बेचेको रहस्य बाहिरिएको थियाे।

महतोले सो बालिकाको मोलतोल गरेर अन्तिममा रूपैयाँको कुरा नमिलेर उनका काला कर्तुहरू बारिएका हुन। उनले बार्गेनिङ गरेको र बच्चाको मोलमोलाइ गरेको उनै रामसुन्दर महताेले पुष्टि गरेका छन्। एकपटक गल्ती भएकाे भन्दै माफि दिन उनकै श्रीमतीले समेत हारगुहार गर्न थालेकी छन्। आफ्नै श्रीमानलाइ यस्ताे काम नगर्न भने पनि अञ्जानमा गरेकाे उनैले बताउने गरेकी छन्। यो विषयमा सत्य तथ्य पत्ता लगाउन हामीले महतोसँग टेलिफाेन सम्पर्क गर्दा उनले काठमाडाैं बाहिर भएकाे र भेटेर मात्र कुरा गर्न मिल्ने भन्दै अहिले नै समचार प्रकाशित नगरिदिन हारगुहार गरेका छन्।  उनले यो कुरा समाचर लेखेर बाहिर नल्याउन र हामीसँग भएको कुराकानी रेकर्ड नगर्न समेत पटक-पटक आग्रह गरेका थिए। हामीले उनलाइ तपाइसँग कुरा मिल्ने भएपछि किन रेकर्ड गर्नु पर्योत भन्दै विश्वत पारेपछि महतोले आफ्ना कर्तुहरू खाेल्दै हामीसँग एकपटकको लागी माफि दिन पटक-पटक आग्रह गरेका छन्।

तर हामीले फाेनबाट चाहेजति कुरा नपाएपछि अझै केही सूचना लिने आशमा उनिसँग पुन: फोन सम्पर्क गरेर भेटघाट गर्ने् प्रस्ताप गरेपछि महताेले आफु काठमाडाैं बाहिर रहेकाे र आएपछि आफैले सम्पर्क गरेर भेटघाट गर्ने र समाचर भने प्रकाशित नगरिदिन आग्रह गरेका थिए। हामीले पुन: बच्चाकाे कुरा निकालेपछि एकपटक गल्ती भएकाे र अबदेखि यस्ताे गल्ती नगर्ने भन्दै समाचार प्रकाशित नगरि दिन हारगुहार गरे। उनले यती कुरा थाहा पाएपछि नजिकका साथी भाइदेखि पत्रकारसम्मलाइ समाचार नलेखिदिन भन्दै फाेन गराएर आफुले गरेकाे गल्ती ढाकछाेप गर्न हरेक प्रयास गरिरहेका छन्। महताेले हामीलाइ सूचना दिने स्राेतलाइ समेत फाेन गरेर हारगुहार मागेका छन् भने कहिले हामीलाइ नै फाेन गरेर हरेक कुराकाे पस्ताव गरि रहेका छन्।

ADVERTISEMENT

त्यस्तै महताेले हरेक पार्टीका नेताहरू चिनेकाे र समाचार प्रकाशित गरे पछि जेपनि हुनसक्ने भन्दै धम्की समेत दिने गरेका छन्। उनले असारकाे पहिलाे हप्ता बच्चा बेचेकाे सूचना पाएपछि हामीले उनकै गर्भपतन सेवामा पुगेर त्याे बालिका कहाँ बेचिन कसले किनेर लियाे भन्ने बिषयमा जिज्ञासा राख्दा उनले खै कता लगे हामीलाइ केही थाहा छैन भन्ने जस्ता झारा टार्ने कुरा गरेका थिए।

याे विषयमा हामीले थप बुझ्न हामीलाइ सूचना दिने स्राेतसँग केही कुराकानी गरेर महताेसँग थप कुराकानी गर्दा उनले सुरूमा केही नगरेकाे भने पनि कुराकानी गर्दै जाँदा उनले एकपटक गल्ती भएकाे र अबदेखि त्यस्ताे गल्ती कहिले पनि नगर्ने बताए। र कानुनी कुरा आफुलाइ केही पनि थाहा नभएकाे सम्म भन्ने गरेका छन्। तर महतोले घुमाउराे तरिकाबाट सबै स्वीकार गरिसकेका छन्,अब सबन्धित निकायले अनुसन्धान गरेर कानुनी कारबाहीको दाहेरामा ल्याउन जरूरी देखिन्छ।

मधेशबाट चप्पल पड्काउदै काठमाडौं छिरेका रामसुन्दर महतो केही बर्षमै एउटा गर्भपतन गराएकै भरमा भक्तपुरको गठ्ठाघरमा कसरी महल लगाउन सफल भए त भन्ने प्रश्न खडा भएकाे छ। सुरक्षित गर्भपतन १२ हप्तासम्मको मात्र गराउन पाउने कानुनी व्यवस्था भएपनि महतोले १८ हप्तासम्मको गर्भपतन गराउने गरेको आफैले बताउने गरेका छन्। उनले आफुसँग १८ महिनासम्मको गर्भपतन गराउन पाउने बताउदै आएका छन्। यसरी अवैधानिक तरिकाबाट गर्भपतन गराउन असाध्यै असुक्षित मानिन्छ यस्ता अवैधानिक काम गर्ने जोकोहीलाइ कानुनी कारबाही गर्न सबन्धित निकायले जरूरी देखिन्छ।

बालिका बेचबिखन नेपालको प्रमुख समस्या हो। यसका कारणहरू भनेको गरिबी प्रमुख कारण हो। हाम्रो देशमा धेरैजसो मानिसले रोजगारी नपाएकाले पैसा कमाउन सक्दैनन् र अरूको प्रलोभनमा परेर बालबालिका बेचबिखनमा पर्ने गरेका छन्। सरकारले तस्करलाई कारबाही गर्न कुनै कडा कदम चाल्दैन ,त्यसैले तस्करहरू यस्तो कार्यमा सक्रिय भइरहन्छन्। त्यसैले यो समस्या समाधान गर्न सरकार, नागरिक र सम्पूर्ण सरोकारवाला निकाय लाग्नु जरूरी जस्तै भएकाे छ।  बालबालिका बेचबिखनमा लाग्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ। Taja News.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

चलचित्र जनै हराएको मान्छेले पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

चलचित्र जनै हराएको मान्छेले पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

परिस्थिति असहज हुन सक्ने भन्दै तत्काल निर्णय गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मन्त्रालयलाई आग्रह

परिस्थिति असहज हुन सक्ने भन्दै तत्काल निर्णय गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मन्त्रालयलाई आग्रह

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host