४ साउन । हरी श्रेष्ठ । जहाँ सरकार कमजोरी हुन्छ त्यहाँको आर्थिक सांस्कृतिक, प्राकृति सम्पुर्ण स्राेत साधनको अरुले कव्जा जमाउँछ । आफु सँग केहि हुँदैन अरुसँग भिग माग्नु पर्ने अवस्था आइपर्छ । त्यसमा सत्ता संचालनदेखि सबै चिज बैदेशीक हस्तक्षेप बढ्न जान्छ । पहिले औपनिकबेशिक हस्तक्षेपबाट सुरु हुन्छ पछि नव-औपनिबेशिक हस्तक्षेपले जरो गाडेको हुन्छ । त्यहाँ कलकारखाना, उत्पादन पद्धती श्रम शक्ति उसको हातमा हुन्छ । राज्य उसको लम्पसार परी भिग मागि रहेको हुन्छ । जनताको आर्थिक अवस्था नाजुक बन्न थालेको हुन्छ । जनताको आधारभुत आवश्यकता निश्चित व्यक्तिले कव्जा जमाएका हुन्छन,गाँस, वास, कपास पुर्ति गर्न नसकेर जनता छटपटाई रहेका हुन्छ । जनतावाट कर असुली गरी सत्ता संचालक व्यक्तिगत स्वार्थ पुर्ति गरेको हुन्छ । न्युन ज्याला वा तलवमा मजदुर भर्ती गरी उद्योगीले आफु मोज गरेको हुन्छ । मजदुरलाई एउटा आफुले राखेको औजारको रुपमा उद्योगीले लिन्छ । उसको श्रमवाट आफु बाँचेको हेक्का हुँदैन किसानको उत्पादनले बजार पाउँदैन । उत्पादन गर्न जमिन हुँदैन जमिन उपभोग गरे बापत जमीनदारलाई कुत तिर्नु पर्छ । उत्पादनको साधन जमीनलाई पुँजीमा बिकास भएको हुन्छ भने उत्पादन गर्नेसग साधन हुर्दैन । उत्पादनका साधनलाई पुँजीमा वा आर्थिक उपजको बाटो खडा गरी व्यापार गरीएको हुन्छ । बजार परजीवी बिचौलीयाले कव्जा जमाएको हुन्छ वा दलाल पुँजीबादी हावी हुन्छ । यसले राष्ट्रिय उद्योग बन्द गरिन्छ ।
बिदेशी लगानी भित्र्याउने उत्पादीत कच्चा पर्दाथ बाहिरिने आवश्यक वस्तु बनाएर भित्रने श्रम शक्ति पलाएन गराउने आश्यक वस्तु पठाउने त्यहीवाट लैजाने श्रम शक्ति पनि त्यहिँवाट पुर्ति गर्ने कच्चा पदार्थलाई सस्तोमा किनेर मंहगोमा वस्तु बनाएर पठाउने काम उद्योगी र उत्पादन शक्तिवीचको वा लगानी गर्न काम गर्ने र उपभोग गर्ने बिचको नाफा कमाउने व्यक्ति खडा भएको हुन्छ । त्यो दलाल पुँजीवाद हो । आर्थिक र सांस्कृतिमा हस्तक्षेप गरेपछि त्यहाँको सरकार सत्ता उसको हातमा चलाएको हुन्छ त्यो कतिपय ठाउँमा एक देशले हस्तक्षेप गरेको हुन्छ जसलाई औपनिक वैदेशिक रुपमा खडा गरिएको शासक शक्ति अर्थिक सम्पुर्ण उसको हातमा हुन्छ नाम मात्र सम्वन्धी देश हुन्छ । त्यो देशमा अन्य गतिविधि भए वा गर्नु परे पहिले औपनिक वेशिकलाइ साेध्नु पर्ने हुन्छ आयात निर्यातमा सम्पुर्ण उसको मात्र हात हुन्छ । भने पहिले उसलाई चासो बन्छ । त्यसको हमालामा आफु अघि बढ्छ । यो औपनिक बेशिक अरुहस्तक्षेप हो । अर्को एक देशको मात्र हस्तक्षेप नभई दुई वा दुईभन्दा बढी देशले त्यहाँको आर्थिक सांस्कृतिक, औद्योगीक सम्पुर्ण कव्जा जमाएर राखिएको हुन्छ । लगानी गर्ने हस्तक्षेप दुई वा दुई देशको हस्तक्षेप भएको ठाउँलाई नवऔपनि वेशिक भनिन्छ ।
नेपालमा आजको अवस्था भनेको उत्पादनमा समान्तवाद छ । बजारमा दलाल पुँजीवाद छ । लगानीमा नवऔपनिबेशिक सम्राज्य संसदीय पुँजीवाद हावी भएको छ । यसले युवा शक्ति पलाएन हुने देश आर्थिक अवस्था विदेशी रिमिटेनडवाट धान्ने गरेको छ । गाउँको जमिन बाझोमा परिणत भएका छन भने युवा शक्तिको रोजाई विदेशी रोजगारी बन्न गएको छ । गाउँवाट शहरमा खाद्यन्न तरकारी लगाएत वस्तु शहरमा भित्रनु पर्नेमा शहरवाट गाउँमा जाने गरेको छ । आयत ह्रात बढेको छ निर्यात सुन्य अवस्थामा छ । आज भारतीय एकाधिकार बजारवाट अन्यदेशको बजार प्रबेश गरेको छ । भने हिजोको औपनीबेशीक हस्तक्षेपवाट बदलिएर नवऔपनीबेशीक हस्तक्षेपमा परिणत भएको छ । नेपालमा हिजो भारती उत्पादनले बजार कव्जा गरेका थिए, तर आज नेपालमा भारत लगायत अन्य देशको उत्पादन भित्रने गरेको पाइएको छ । यसले नेपालमा विस्तारवादी हस्तक्षेप मात्र नभई भुमण्डीकृत हस्तक्षेप बढ्न गएको पाइएको छ । लगानीको दृष्टीकोणले नेपाल हिजो भारतको मात्र थियो तर आज नेपालीमा भारत लगायत अन्य देश चीन, अमेरिका कोरिया, अष्ट्रेलिया, मलेसिया ,जापान जस्ता देशको लगानी गर्न यहाँ आइपुगेका छन्। यसैले नेपाल एउटा सामन्तवादी औपनीवेशीकवाट नवऔपनीबेशीक पुँजीवादमा प्रवेश गरेको छ भने विस्तारवादी हस्तक्षेपवाट साम्राज्यवादी हस्तक्षेपमा प्रबेश गरेको अवस्था छ । यस अवस्थाका नेपालमा बिभिन्न संकेतहरु देखा परेका छन -:
१ .उत्पादन सम्वन्ध ः सामन्तवादी
२.बजार ः दलाल पुँजीबाद (दलाल बिचौलीया)
३.लगानीको ः साम्राराज्य पुँजीवाद वा नवऔपनिबेशिक पुँजीवाद
वर्णन ।
१. उत्पादन व्यावस्था ः जमीनमा आधारीत व्यवस्था नै सामान्तवादी व्यवस्था हो । नेपालमा आज कृषि उत्पादनमा समान्तवादी व्यवस्था नै छ । जहाँ आज पनि जमिनमा आधारित व्यवस्था छ । जमीनलाई एउटा पुँजीको रुपमा बिकास गरिएको छ । जमीनवाट कर उठाउने राज्य सत्ता चलाउने लालपुर्जा बाड्ने, कुनै काम गर्नु परेका जमीन नै आधार मानिने हुर्दा आज जमीन नै व्यक्तिको सम्पतिको आधार बनाएको हुर्दा उत्पादनमा यहि जमिन प्रयोग गरी बाच्ने आधार खडा गरिएको छ । उद्योगधन्दा सञ्चालन गर्ने पनि जमीन व्याक्तिवाट करार गर्नु पर्ने कृषि उत्पादनमा पनि जमिन करार गर्नु पर्ने, त्यो समुहिक नभएर व्यक्तिको आधारमा लिनु पर्ने वा जमिन व्यक्तिको निजि स्वामित्वको आधार बनाएर सम्पतिको रुपमा विकास गरिएको हुर्दा त्यो उत्पादन गर्न जमिन व्यक्ति निहित हुने भएको उत्पादनमा समान्तवादी प्रणाली छ । जहाँ लगानी गर्नु पर्यो भने व्याक्तिले जमिन नदिदा त्यो लगानी रोकिने उत्पादन गर्न चाहेको वा उद्योग खोल्न चाहदा पनि व्याक्तिले जमीनको क्षेतिपुर्ति नभई खोल्न नपाउने जस्ता व्यावास्था आज नेपालमा छ । एकथरी कुनै व्यक्तिको जमिन करारमा लिइ त्यसलाई उत्पादन गरी बाचेको छ भने अर्को आफुले जमीन आफ्नो पकटमा लालपुर्जा लिएर त्यो जमिन अरुलाई उत्पादन गर्न दिएर त्यो जमिनवाट भाडा कर उठाएर बाचेको छ । अर्को आफ्नो जमिन आफैले उपभोग वा उत्पादन गरी जीवीका चलाएको छ । यसमा शहरी इलाकामा भवन बनाएर भाडामा लगाउने गाउको जमीन कृषिमा ठेक्का बन्दक साझे, अधिया, आदी काममा लगाएका छन । यो कर तिरो उठाएर राज्य सञ्चालक गरिएको छ । कुनै धलौटी राख्नु पर्यो वा आर्थिक कारोबार गर्न पनि जमीनको लालपुर्जा खोज्ने राख्ने चलन छ । यसको अर्थ जमीन एउटा पुँजीको रुपमा लिएको छ । उत्पादन सम्वन्ध सामन्तवादी नै छ जहाँ जमिन एउटा पुँजीको रुपमा वा सम्पतिको रुपमा मानिने गरिन्छ । जहाँ कुनै काम गनु पर्दा जमिन नै दलौटीको रुपमा लिने वा दिने गरिएको छ । राज्यले पनि जमीनको आर्थिक स्रोतको रुपमा विकास गरेको हुर्दा जमीनमा आधारित व्यवस्था कायम छ । त्यसै गरी आफ्ना भावी सनततीलाई सम्पतिको रुपमा जमीन अचल सम्पति अंशवण्डा लगाई बाडिदिने पुखौंली सम्पति फाडेर खाने अंश खोज्ने चलन चलिरहेको छ । भने सम्पति विवरणमा जमिन देखाउने चलन कायमख भएकाले उत्पादनमा अझै समान्तवाद छ । त्यसलाई आधार मानेर सत्ता संचालन छ, उत्पादन सम्वन्ध सामन्तवादी नै छ ।
२.बजार ः दलाल पुँजीबाद (दलाल बिचौलीया)- नेपालमा उत्पादन गर्ने एउटा बजार व्यवस्थापन गर्ने अर्को छ वा नेपाली कच्चा पर्दाथलाई अन्य देशमा लगि प्रसोधन गरी ल्याउने अथवा नेपाली उद्योग बन्द गरी आवश्यक बस्तु बाहिरवाट भित्रने गरेको पाइन्छ । त्यसवाट आएको रेमिटेन्सले देश चलेको छ । यसको अर्थ बजारमा दलाल पुँजीवाद छ । दलाल पुजीवादको अर्थ “राष्ट्रिय उद्योग भन्दा बन्द गर्ने श्रमशक्तिलाई पलायन बनाउने त्यसवाट आएको रेमिटेन्सले देश चलाउनुलाई दलाल पुँजीवाद हो ” आज नेपालमा राष्ट्रिय उद्योगहरु बन्द अवस्थामा छन् । श्रमशक्ति रोजगारीको रुपमा वा कामको खोजीमा बाहिरिएका छन् । उत्पादनका कच्चा पर्दाथहरु बेवारिसे अवस्थामा छन । राज्य संचालन राष्ट्रिय उद्योगवाट नभई बाहिरी रेमिटेन्सबाट चलेको छ । बैदेसिक हस्तक्षेप बढ्न गएको छ राष्ट्रिय पुँजीपति पलाएन बिदेशी उद्योगीहरुको लगानी भित्रिने गरेको छ । देशको आत्म निर्भरता पलायन हुर्नै परनिर्भरमा धकलिएको छ । बजारमा कालो बजारी, तस्करी, भुमाफियाकाे हात बढ्न गएको छ । उत्पादक वा उद्योगी र उपभोक्ताकाे सम्वन्ध टाढा दलाल विचौलीयाको सम्वन्ध गाढा बनाएको छ । बजार सम्पुर्ण खरिद बिक्रि दलाल पुँजीवादको हातमा पुगेको छ । उत्पादकले लागत मुल्य भएको छैन उपभोक्ताले आफुले चाहेको खान पाएको छैन । बिचौलीयको हातमा सम्पुर्ण बस्तु छ । देखा उत्पादन कच्चा पर्दाथ प्रसस्तै हुर्दा हुदैपनि उद्योग धन्दा खोलिएको छैन, बिदेशी उत्पादनमा भर पर्नु पर्ने अवस्था छ । युवा शक्ति रोजगारी नपाईसकेपछि बिदेशीएको अवस्था छ । देश परनिर्भरमा छ रिमिडेन्टले चलेको छ । बजारमा दलाल पुँजीपति हावी भएको छ जहाँ राष्ट्रिय पुँजी नष्ट गरी बिदेशी पुँजी भित्रिएको छ । र बिदेशी माल वस्तुले बजार कव्जा गरेको पाइएको छ, यसले बजारमा बिचौली छ । यस्तै गरि नेपालमा ग्रहसरकारी सस्थाले प्रवेश पाएको छ । जताततै एन्जीयो आइएन्जियो बिस्तार भएका छन्। नेपाली उद्योगी पलायन हुन गएका छन भने विदेशी कम्पनि वा उद्योगी विस्तार गरिएको छ । यहाँको कच्चा पर्दाथका लगि बिदेशवाट वस्तु उत्पादन गरी भित्रने क्रम बढ्दो अवस्थामा छ । औद्योगी र उपभोक्ताको वीचमा नाफा कमाएर खान विचौलिया खडा भएको पाइन्छ । जसलाई उत्पादन र उपभोक्ताको बिचको परजिवी बनी बिचौलीया उभिएको छ । यसले नेपालकाे बजारमा दलाल पुँजीवाद वा बिचौलिया हावी भएको छ ।
३.लगानीको साम्राराज्य पुँजीवाद वा नवऔपनिबेशिक पुँजीवाद- नेपालको लगानी नेपाली सरकार र जनताको हातमा छैन । यहाँ उत्पादन, वजार, उद्योग सम्पुर्ण बैदेशिकको हातमा छ । यसको अर्थ नेपालको पुँजी साम्राज्य पुँजीवाद वा नवऔपनिवेशिक छ । यहाँका आर्थिक सम्वन्धी कारोवार सम्पुर्ण बिदेशी हातमा छ । बैंक, वित्तिय लगानी, कृषि लगानी, वन लगानी, लगायतका सम्पुर्ण कारोवार अर्थ बैदेशिक लगानीकाे सञ्चालनमा छन् । यसको साथै औद्योगी देखि उत्पादनमा लगानी गर्न सम्पुर्ण अङ्ग बैदेशिक लगानीमा छ । सानो काम करोवार आज बिदेशीको भरमा पर्नुे देखिन्छ । राष्ट्रिय उद्योग छैनन् । भने केहि बैंकदेखि बाहेक सम्पुर्ण बैंक बिदेशी कम्पनिको लगानीमा छन्। जलविद्युत, कलकारखाना पनि बिदेसि लगानीमा छन यसको अर्थ नेपालमा लगानी गर्न साम्राज्य पुँजीवाद छ ।
यी त्यस्ताको अन्त्य गर्न आज नेपालमा बैज्ञानिक समाजवादी जनक्रान्ति हो । यहाँ नेपालमा सामान्तवादी उत्पादन सम्वन्धलाई अन्त्य गरी समाजवादी उत्पादन सम्वन्ध बनाउनु जसलाई “समुहिक उत्पादन समान वितरण” आजको आवश्यता हो । यसको लागि जमिनको स्वामित्व राज्यको मातहतमा वा समुहिक हुनु पर्छ किन बेचको गर्न नपाउने जमीनलाई आर्थिक पुँजीको रुपमा नभई उत्पादनको आधारमा बिकास गर्ने व्याक्तिको निजि स्वामित्ववाट हटाएर समुहिक स्वामित्वमा ल्याउने पुखौली सम्पतिको नाममा पुस्ता हस्तान्तरण अचल सम्पति भुमीलाई अन्त्य गरी करार नामवलीमा ल्याउने समान्तवादीको जमीनको अस्तित्व अन्त्य गरी सामजिक स्वामित्वमख ल्याउने । उत्पादनमा “आवश्यकता अनुसार उत्पादन राज्यको भुमी दान ” भने झै कुनै ठाँउमा उत्पादन गर्ने भुमी राज्यले सहज रुपमा उपल्वध गर्ने वातावरण गरिनु पर्छ । त्यो भुमी राज्यले उपलव्ध गरेपछि करार सम्झौत गरी कर असुल गर्ने । त्यो कर सोझैराज्यको ढिकुटीमा जम्मा हुने गरी सम्झौत गर्ने , बजारको व्यवस्था राज्य गर्न खरिद बिक्रिको राम्रो प्रबन्ध मिलाउनु पर्छ , “उत्पादनको आधारमा उद्योग, उपभोक्ता आवश्कतामा बजार ” लाई मध्यनजर राखी उत्पादनको संकलन केन्द्र स्थानीय तहले जिम्मा लिने, बजारको जिम्मा संघीय प्रदेश र केन्द्रले लिनु पर्छ । उत्पालनको सहजिकरणको बजार र उपाभोक्ताको रोजाईको वस्तु उपलव्ध गरी बजारको समन्य गर्न गरुरी छ । त्यसै गरी “आफ्नै देशको लगानी आर्थिक स्रोतको अगाडी” भने झै आर्थिक लगानी गर्ने बाटो उद्योग, बैक, सहकारी स्वदेशी नागरीकलाई प्रोषान दिने गर्नु पर्छ बैदेशिक लगानी ल्याउनु परेमा पहिले करार सम्झौता गरी अग्रीम करको तिरेर निश्चित समयको लागि पहलिे नै सम्झौता गरी कर असुल्ने र स्देशी कामदार बाहेक अन्य कामदार भित्राउन नपाउने बैदेशी कामदार ल्याउन परे आवश्यक हेरेर मात्र राज्यसँग सम्झौता गरी कति ल्याउने नेपाली कामदारले अपुग भएको अवस्थामा मात्र ल्याउने व्यवस्था गरिनु पर्छ । बैक सहकारी, जस्ता कारोवारी स्वदेशी मात्र हुनु पर्छ । यसरी लगानीमा साम्राराज्य पुँजीवाद वा औपनिकबेशी दलाल पुँजीवादको अन्त्य गरी वैज्ञानिक समाजवादी जनक्रान्तिमा अगाडी बढ्नुपर्छ ।
यसरी आज उत्पादन सम्वन्ध, बजारको सम्वन्ध र लगानीको सम्वन्धलाइृ कायम राख्न खसकिएन भने देशको अर्थतन्त्र धरासय हुन जान्छ । यी सम्वन्धलाई राज्यले आफ्नो नियन्त्रमा लिन सक्नु पर्छ । समान्तबादी उत्पादन सम्वन्धलाई अन्त्य गरी समुहिक उत्पादनमा लगाउनुपर्छ त्यसको लागि जमिनको स्वामीत्व जमीनको आधारीत व्यवस्थाकाे अन्त्य गरी सामुहिक स्वामित्व बनाउनुपर्छ । जहाँ जमिनलाई एउटा पुँजी वा आर्थिक सम्पत्ति नभएर उत्पादनको साधनको रुपमा प्रयोग गर्ने आवश्यक अनुसार प्रयोग गर्न सकिने हुनु पर्दछ । निजि स्वामित्वको अन्त्य सामुहिक स्वामीत्वको विकास गरी जमिन प्रयोगमा ल्याउन सक्ने बनाउनु पर्छ । आवश्यक अनुसार करारमा राज्यले दिने व्यवस्था गरी जमीनमा भएको सामान्तवादी व्यवस्थाको अन्त्य गरी सामाजिक व्यवस्था कायम गर्ने त्यसै गरी बजारमा मौलाएको दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्न उत्पादन र उपभोक्ताको सोझै समन्वय गर्ने व्यवस्था गरिनु पर्छ सम्पुर्ण उत्पादन बस्तुको लागत मुल्य निर्धारण गर्ने राज्यले बजार व्यवस्था गर्न खरिद गर्ने प्रवन्ध मिलाएर लैजानु पर्छ । वा उत्पादक आफैं आफुले उत्पादन गरेको वस्तु सोझै बजारमा पुर्याउने वातावरण खडा गरिनु पर्छ यसको लागि समुहिक उत्पादन समुहिक बितरण अवधारण राख्नु पर्ने आजको अवश्यकता छ । लगानीमा साम्राज्यवादी पुँजीवाद नव- औपनिबेशी पुँजीवाद हावी भएको छ । यसको अन्त्य गर्ने राष्ट्रिय पुँजीको बिकास गरी बैंक सहकारी लागएतका पुँजी लगानी गर्ने वैदेशी लगानीलाई रोक लगाउने र राष्ट्रिय लगानीवाट मात्र अर्थतन्त्र बैंक, सहकारी उद्योग खोल्न पाउने निति कार्यन्वयन गरीनु पर्दछ ।











