ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

‘तिम्रै झझल्को’  लिएर आइन् बबिना 


‘तिम्रै झझल्को’  लिएर आइन् बबिना 
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
५ असाेज , काठमाडौ ।  कसै संग माया बस्यो भने कस्तो हुन्छ होला ? आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद, उनकै कल्पना, जता गए पनि उनको याद संगसंगै, छायाँले जस्तै पछ्याइरहन्छ उनको यादले, पलभर पनि छोड्दैन । मुटुको हर ढुकढुकीमा उनकै आभाष मिल्ने गर्दछ । विपनीमा मात्र होइन हर रात सपनीमा पनि उनकै यादले सताउने गर्छ, तड्पाउने गर्छ, झस्काउने गर्छ, मनले यति प्रेमिल मानेको उनको साथ, उनको माया अनि यति समर्पित भाव उनी प्रति दर्शाउदा दर्शाउदै उनले विचमा छोडिदिदा मन कस्तो होला ? कति विह्ल होला ? कति विरही होला ? सच्चा प्रेमको वदलामा उनीवाट भएको यो छल, यो झेल, यो झुठोपनले मुटु कति पोल्छ होला ? उनको झेलले कसैको मनको साँचो, चोखो, निर्मल, निश्चल, निष्कपट र स्वच्छ माया यसै कता हराउँछ कता ? उनले दिएकी चोट, उनले दिएकी धोखा, उनले दिएकी पिडाले मनमा आँधी, हुरी, हुण्डरी उत्पन्न गर्छ अनि त्यो आँधी हुरीले कसैको मनमा स्वच्छ भावले निरन्तर प्रज्वलित दीप झ्याप्प निभाउँछ अनि त्यो दीप कहिल्यै बल्दैन । त्यो धोखाले आँखाबाट आएको बाढीले विश्वासको भरोसालाई बगाएर कता पुर्याउँछ कता ..न कसैले खोज्न सक्छ न कसैले भेट्न सक्छ ।जसरी धर्तीमा बसेर आकाशको जून छुन सकिदैन उनी पनि त्यतै नै टाढा पुगेकी छिन्, न उनलाई भेट्न सकिन्छ न उनलाई पाउन सकिन्छ । उनको साथ विरानो हुन्छ, उनको माया धुमिल हुन्छ र पनि मनले उनलाई भुल्न सक्दैन, उनीलाई नै सम्झेर, उनीलाई नै कल्पेर, उनकै यादमा तड्पेर, उनकै यादमा भुलेर बाँच्न विवश हुन्छ, उनको झभल्कोलाई न मेट्न सकिन्छ, न छेक्न सकिन्छ न त करौतीले रेट्न सकिन्छ, जति रेट्नु उनकै यादले रेट्छ, उनको याद नै मन, मुटु रेट्ने करौती बनिदिन्छ । उनको झझल्को सधैं आँखा भरि भरि अनि मनको कुना कुनामा आइरहन्छ, छाइरहन्छ ।

आँफूले माया गरेर मुटुमा राखेको मान्छेले धोखा दिएर विच बाटोमा छोड्दा अवको यात्रा न यता न उता..न अगाडि बढ्न सकिन्छ न त पछाडी हट्न सकिन्छ ..दोधारमा, दोवाटोमा यता न उताको, लक्ष विहिन अवस्थामा पुग्ने गर्दछ । अव त लाग्छ जीवन यत्ति नै रहेछ, यस्तै नै रहेछ, मर्नु न बाँच्नुको दोसाधमा अल्झन्छ जीवन, न त खुसीले बाँच्न सकिन्छ न त जीवन खेर फाल्न नै सकिन्छ …निभेको प्रेमको दियो, आँखाको बाढीले बगाएको भरोसा, आँखा भरिको उनको झभल्को, उनको याद, उनको सम्झना अनि उनको कल्पनालाई मन भरि केलाएर अनि खेलाएर जवरजस्त बाँच्न बाध्य हुनु पर्ने रहेछ ….!
गीतकार श्याम कृष्ण डंगोल ‘प्रतीक्षा’ ले लेखेका यस्तै विरही भावको गीत ‘तिम्रै झझल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली ‘चारु’ गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो ललितपुरको ठेचो र आसपासको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीको रहेको छ । गौरीघाट स्थित स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशन द्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा नविन लुहागुन, ओसिन आङ्दाङ्वे, राजु श्रेष्ठले अभिनय गरेका छन् भने कलाकारलाई रोनी ग्लाम स्टुडियो धुमबाराहीको तर्फबाट रोनिशा अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।
यति विरही भावको गीत कहिले र कसरी लेखियो भन्ने सन्दर्भमा इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेल संगको एक अन्तर्वार्तामा गीतकार श्याम कृष्ण डंगोल ‘प्रतीक्षा’ भन्छन् ‘यो गीत केहि समय अघि मात्र लेखेको हुँ । गीतमा समाजमा घटिरहने प्रेम विछोडको कथालाई उतार्ने मैले प्रयास गरेको हुँ । प्रेममा विछोड हुँदा एउटा प्रेमिल मनमा कति चोट अनि कति आघात पर्छ ? एउटा सच्चा प्रेम गर्ने प्रेमी या प्रेमिका विछोड पछि कसरी बाँच्छन् भन्ने भाव मैले यो गीतमा उतार्ने प्रयास गरेको छु, यसरी विरही भावको गीत रेकर्डको चाँजोपाजो मिलाउने क्रममा चर्चित गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा वहाँकै संगीतमा रेकर्ड गर्ने योजना बन्यो । योजना अनुसार बबिना जी को स्वर तथा संगीतमा गीत रेकर्ड भयो र अहिले जस्केलो क्रियशन संगको सहकार्यमो भिडियो तयार गरेर बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सार्वजानिक भएको छ । बबिना जीको स्वर तथा संगीतमा गीत निकै सुमधुर सुनिएको छ, गीतको भावमा डुवेर वहाँले गाउनु भएको छ, स्टुडियो साउण्ड मिलमा गीत रेकर्ड हुँदा वहाँले गीतको भावमा डुब्दै गर्दा वहाँ आँफू नै विह्ल हुनु भएको थियो भने जस्केलो क्रियसनको सहयोगमा भिडियो पनि उस्तै मार्मिक बनेको छ, बबिना जी को मेहनत प्रशंसनीय रहेको छ ।‘ श्यामकृष्ण डंगोल ‘प्रतीक्षा’ को विरही भाव रहेको मार्मिक शब्दमा पहिलो सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै गायिका बबिना भट्टराई ‘तिम्रै झझल्को ’ बोलको गीत गाउँदा आँफू पनि शब्दहरु संगै बहेको, विरही भावका शब्दहरुले मनको भित्री कुना छोएको अनुभव संगाल्न पाएको बताउँछिन् । साथै आगामी दिनहरुमा पनि श्यामकृष्ण डंगोल ‘प्रतीक्षा’ का शब्दहरुमा सहकार्य गर्ने अवसर पाउने विश्वास व्यक्त गरेकी छिन् ।
बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा ‘तिम्रै झझल्को’ हेरेर तथा सुनेर कवि तथा गीतकार एवं गजलकार उत्तम विचार लेख्छन् ‘आहा π आहा π सुमधुर गीतहरूको खातमा अर्को सुन्दर थुँगा मिसिन आइपुगेको छ । हार्दिक बधाई एवं शुभकामना बबिना जी तथा श्याम कृष्ण डंगोल दुबैमा ।’ त्यसै गरि नेपालको संगीत इतिहासमा पहिलो रेकर्ड भएको ‘चारु’ का लेखक लक्ष्मी प्रसाद मिश्रले आफ्नो प्रतिक्रियामा लेखेका छन् ‘ नेपालको सांगितिक क्षेत्रमा पहिलो ‘चारु’ गाएर नयाँ ईतिहास रच्न सफल गायिका तथा संगीतकार बबिना भट्टराई ज्यूको मीठो गीत सुने, राम्रो लाग्यो । भजन, बाल गीत,आधुनिक गीत, लोक गीत जस्ता विभिन्न गीत गाउनुका साथै वहाँ आफै संगीतकार हुनुहुन्छ, नयाँ नयाँ लयमा गाउने उहाको प्रतिभा छ । जति जति नयाँ गीत रेकर्ड हुन्छन् उति उति मीठो स्वर भएर अझै खारिदै गएको छ । बबिना ज्यू लगायत गीतको सिंगो टिम लाई हार्दिक बधाई ।’‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।
संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुँदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

चलचित्र बा एक योद्धा

चलचित्र बा एक योद्धा

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host