ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’मा दुई जोडीको प्रेम कथा


लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’मा दुई जोडीको प्रेम कथा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन। कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए। बुधवार लोमश शर्माको आधिकारिक युटउब च्यानल ‘लोमश शर्मा’ बाट सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ। गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन। प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन। डेब्यु भए तापनि उनले भिडियोमा तारिफयोग्य काम गरेका छन। भिडियोमा लोमश, रुविना र जुनाको काम पर्फेक्ट छ। लोक भाकामा बनेको गीतको भिडियोमा दुई जोडी (रुविना–लोमश र जुना–प्रमोद) को प्रेम देखाईएको छ। गीत अर्गानिक र सुमधुर छ भने भिडियो ए–वान बनेको छ। भिडियोमा चारै जना कलाकारको प्रेम र रोमान्ससँगै मेहेनत झल्किन्छ ।

भिडियोमा रमणीय दृश्यहरु कैद गरिएको छ। उक्त दृश्यहरु सैलुङको हो। रोचकको कुरा के हो भने, सैलुङमा खिचिएको यो पहिलो म्युजिक भिडियो हो। यसअघि कसैले पनि सैलुङको सुन्दरतालाई क्यामरामा कैद गरेका थिएनन जुन यस भिडियोमार्फत लोमशले गरेका छन। भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ। नेपालमा हत्तपत्त एरी क्यामराको प्रयोग गरिदैन। नेपालमा एरी क्यामराबाट खिचेको पनि यो पहिलो भिडियो हो। यसैबाट पनि लोमशले यो भिडियोका लागी कति मेहेनत गरेका छन भन्ने दर्सिन्छ। गीतमा शब्द र संगीत प्रल्हाद सुवेदीले भरेका छन। विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन। भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक लोमश शर्माले स्वयंमले गरेका छन । यो गीतलाई पनि दर्शकले मन पराउने र पहिलाका गीतहरुलाई झैँ दर्शकले साथ र माया दिनेमा शर्मा विश्वस्त छन।

ADVERTISEMENT

भिडियोको बजेट १० लाख रहेको लोमशको भनाइ छ। कार्यक्रममा बोल्दै उनले भने,‘गरेको कामहरुमा कुनै पनि कम्प्रमाइज नगरौँ भन्ने हाम्रो सोच हो। त्यसैले १० लाखको बजेटमा एउटा म्युजिक भिडियो बनाएका छौ। सैलुङमा गएर एरी क्यामराले खिचेका छौ। दर्शकले माया गर्दिनुहुन्छ भने क्वालिटीमा कुनै घटबढ गर्दैनौ। दर्शक नै हाम्रो लागी भगवान हुन।’ कबिराज गहतराजले कोरीयोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ। अग्नी थापा र दिपेन्द्र पण्डितले मिलेर निर्माण गरको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन। कलाकारले झैँ उनले पनि यो भिडियोमा आफ्नो ज्यान भरेका छन। पौडेलले यो भिडियोलाई३ दिन लगाएर खिचेर छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

चलचित्र बा एक योद्धा

चलचित्र बा एक योद्धा

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host