ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जनैपूर्णिमा तागाधारीको पर्व


जनैपूर्णिमा तागाधारीको पर्व
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं – विश्वनाथ खरेल/ वेद अनुसार यो दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य)बाट वेद प्राप्त गरेका थिए । तसर्थ जनैपूर्णिमालाई वेदजयन्ती पनि भनिन्छ । यस दिन गरिने यज्ञोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्मले नयाँ अध्यायको थालनी जनाउँछ । यसरी जनै (जनैपात्र) लाई मन्त्रित धागो मानिन्छ । जुन ब्रह्मसूत्रको प्रतीक हो र यसलाई धारण गर्दा वेद अध्ययन र कर्मकाण्ड गर्ने अधिकार प्राप्त हुने विश्वास छ । जुन पर्वको सांस्कृतिक पक्षमा जनैपूर्णिमा र रक्षाबन्धन एकै दिन पर्ने भएकाले दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई पवित्र धागो अर्थात राखी बाँधेर दीर्घायु र सुरक्षाको कामना गर्छन् । यसमा भाइहरूले बहिनीलाई उपहार दिन्छन् र संरक्षण गर्ने वचन दिन्छन् । यसबाट आपसी सद्भाव र सम्बन्ध प्रगाढ हुने स्रोत मानिन्छ । जनैपूर्णिमाको परम्परा अन्तर्गत, तागाधारी जातिका पुरुषहरूले नयाँ जनै लगाउने चलन छ । जुन चार महिनाहरुको वैदिक वर्णन अनुसार नयाँ जनै फेर्नुपर्ने समय मानिन्छ । यस दिन बिहानै विधिपूर्वक स्नान गरी, धार्मिक विधिहरू पालना गरेर मन्त्रित जनै राख्ने गरिन्छ । साथै, पूरानो जनै त्यागी नयाँ जनै लगाउने चलन पनि प्रमुख रुपमा रहेको छ । परम्परागत रूपमा, यस दिन सप्तऋषि मण्डलको पूजाआजा गरी ऋषितर्पणी गरिन्छ जसले गुरु र ऋषि प्रति सम्मान प्रकट गर्दछ । यसैगरी, पौराणिक कथाहरूमा विष्णु भगवानले आफ्नो अवतार वामनले राजा बलिलाई राखी बाँधेर विश्व विजय गरेको कथा पनि यस पर्वसँग सम्बन्धित छ । यसर्थ नेवार समुदायमा भने जनैपूर्णिमालाई गुन्हुपुन्ही भनि भ्यागुताको पूजा गरेर वर्षा र खेती सम्बन्धी जानकारी दिने चलन छ । यो नेपालको सांस्कृतिक विविधतालाई समेत प्रतिविम्बित गर्ने पर्व हो ।

ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । जनै लगाउनुको अर्थलाई भन्नुपर्दा यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । आजको दिनको मन्त्र यस प्रकारको रहेको छ । “येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।” रहेको छ ।

ADVERTISEMENT

कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा साँस्कृतिक निधिहरुलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । जसलाई संक्षेपमा भन्नु पर्दा त्यो नै त्यस देशको साँस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिविम्व हो । यसरी पूर्वजहरुले सामाजिक धरोहरको रुपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केबल तागाधारीको मात्र पर्व हो की भन्ने लाग्छ, परन्तु त्यसो होइन । यसमा अतागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ । अतः गैर–तागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्य पुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनु पर्छ ?भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ । “सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।” यसको अर्थ हो जूठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नु पर्दछ ।

ADVERTISEMENT

जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोवर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुणघर्तिसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्र यी सप्तर्षिहरुको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनको रुपमा र शुद्ध जनै बदल्ने दिनको रुपमा समेत लिइन्छ । जसलेगर्दा श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हुँदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात ‘राखी’ यो पर्वमा मित्रहरु एक–दोश्रोलाई बाँध्छन् बहिनीहरु प्रेमले आफ्ना भाइहरुलाई बाँध्छिन र ब्राम्हणहरु अन्य वर्गका मानिसहरुलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरुको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरुप प्रण थियो । अतः पुराण अनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यहि नै छ । नयाँ जनैलाई विधिवत् पूजा गर्दा प्रथमतः सङकल्प वाचन र त्यसपछि तर्पणको विधि हुन्छ । फलतः बैकुण्ठवासी गुरु, पितृ, ऋषिहरुलाई श्रद्धा संस्मरणको उद्देश्यको लागि तर्पण कार्य गरिन्छ । यसरी हामीले धारण गर्ने जनै अर्थात एक एक्लेमा तीन डोरा हुन्छ । मानिस देवऋण, पितृऋण, ऋषिऋणबाट मुक्त हुनुपर्ने शास्त्रीय मान्यताको निमित्त उक्त तीन डोरा साङ्केतिक रुपमा देखाइएको वताइन्छ । सो डोरोमा ॐ कार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वदेवको बास हुने मान्यता छ । साथै तीन डोरालाई ब्रम्हा, विष्णु, महेश्वरको प्रतीक मानिन्छ । यसै पूर्णिमामा नेवार समुदायमा भ्यागुताको पूजा गर्ने प्रचलन रहिआएको छ । यस दिन भ्यागुताको लागि खेतमा कुनै एक ठाउँमा भात राखिदिएर ब्याँजा नकेगुपुन्ही को रुपमा मनाउने चलन छ । वस्तुतः भ्यागुताले राति टर–टर आवाज निकाल्दा इन्द्र महाराजाको निन्द्रा बिउँझिदा इन्द्रले पानी पारेको विश्वासमा भ्यागुताको पूजागर्ने प्रचलन रहेको जनविश्वास छ ।

अन्त्यमा भन्नुपर्दा जनैपूर्णिमा तागाधारी जातिको प्रमुख संस्कार एवं पर्व हो जसले धार्मिक पावनता, सामाजिक एकता र सांस्कृतिक विविधतालाई संरक्षण गर्दछ । यो पर्व वेद अध्ययन, ऋषि पूजाआजा, नित्यस्नान, नयाँ जनै लगाउने संस्कार, रक्षाबन्धन लगायतका विधिहरूका कारण हिन्दु धर्मावलम्बीको जीवनमा महत्वपूर्ण स्थान राख्दछ । मूलतः जनै पूर्णिमा, जसलाई श्रावणी पूर्णिमा पनि भनिन्छ, प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यस दिन हिन्दू धर्मावलम्बीले पुरानो जनै (यज्ञोपवित) फेरेर नयाँ जनै धारण गर्दछन् । जनैलाई पवित्रता, कर्तव्य, आत्मनियन्त्रण र अध्यात्मको प्रतिकको रूपमा लिइन्छ । यज्ञोपवित संस्कार बालकको ब्रह्मचारी जीवनको आरम्भ हो । जुन व्रत, संयम र अध्ययनको सुरुवात हो । जनै तीन डोरा भएको पवित्र डोरी हो । जुन गायत्री मन्त्रको प्रतिक स्वरूप हो । यसले ब्रह्मा, विष्णु र महेशका त्रिगुणात्मक स्वरूपलाई जनाउँछ । जब बालकलाई उपनयन संस्कार गरिन्छ, तब पहिलोपटक जनै दिइन्छ र त्यसपछि प्रत्येक वर्ष जनै पूर्णिमाका दिन पुरानो जनै फेर्ने परम्परा चलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host