Author: बिजनेस पाटी

नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूहरूलाई एमालेमा रहन नदिनको लागि अनेक दाउपेच भइरहेको आरोप लगाएका छन्। ७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण पार्टी पंक्तिमा जारी गरिएको अपिल गर्दै पार्टी एकता जोगाउन चाहेको बताएका हुन्। नेपाल समूहको १५ नेताले जारी गरिएको अपीलमा भनिएको छ, ‘हामीलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन्। २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ। तर, हामी पार्टी एकता जोगाउन चाहन्छौं। उनीहरूले फागुन २८ र तत्पश्चात् भएका कथित् बैठक र तिनका अवैध निर्णय सबै रद्ध गरिनुपर्ने माग गरेका छन्। पार्टीको एकता भंग भएपछि २०७५ जेठ…

Read More

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् । नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनी समेत दिए । मदननगर बल्खुमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’ माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे । ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’ ‘यसलाई कमजोरी…

Read More

भारतको कर्नाटक राज्य सरकारले कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिएको छ। संक्रमित हुने र ज्यान गुमाउनेको संख्या थेग्नै नसकेपछि राज्य सरकारले यस्तो अनुमति दिएको हो। घाट र चिहानमा स्थान अभाव भएपछि त्यहाँका मानिसहरूले खेतबारीमा अन्त्येष्टि गर्न दिन माग राखेका थिए। बुधबार कर्नाटकमा २३ हजार ५५८ जना कोरोना संक्रमित थपिएका थिए भने ११६ जनाको ज्यान गएको थियो। १३ हजार ६४० संक्रमित त बेंगलुरुमै भेटिएका थिए। बेंगलुरुजस्ता शहरका श्मशान र चिहानमा संक्रमितको शव लर्को गरी आउन थालेको छ। ती स्थानमा शवको चाप थेगिसक्नु नभएपछि खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिइएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ।​ शवदाह गृहहरू विहानदेखि राति ११ बजेसम्म चालु…

Read More

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा ​पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको…

Read More

सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ । स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन । सुरक्षा निकायले पनि तुलनात्मकरूपमा आफ्ना गतिविधिलाई तीव्रता दिन सकिरहेको देखिँदैन । काठमाडौँमा प्राध्यापन गर्दै आउनुभएका पदम जोशी नागरिकले स्व–सावधानी उपाय अपनाएको समेत नपाइएको र कार्यान्वयन गर्ने निकायको प्रस्तुति पनि कमजोर रहेको पाइएको बताउनुहुन्छ । जबसम्म प्रहरीको सक्रियता कम हुन्छ तबसम्म सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ गरिरहने प्रवृत्ति…

Read More

कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए। उनका अनुसार संक्रमित सबै युवा उमेरका छन्। संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेको उनले बताए। अहिले संक्रमित मध्ये अधिकांशलाई लक्षण देखिएको उनले जानकारी दिए। डा. कार्कीले भने,’कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइ सकेकालाई पनि संक्रमण भएको छ। संक्रमण बढिरहेकाले यसमा सबैले सावधानी अपनाउनुपर्छ। सामाजिक दूरी कायम गरी मास्क लगाउनुपर्छ।’ पहिलो चरणमा देखिएको संक्रमित र अहिले देखिएकामा लक्षण फरक नभएको उनको दाबी छ। कोरोना संक्रमितका लागि वीर अस्पतालमा हाल ६३ बेड रहेको छ। १० वटा आइसियु र १० भेन्टिलेटर रहेको…

Read More

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ लाख नाघेको छ । १ लाख ८४ हजार ६५७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यस्तै दिल्लीमा पनि २४ हजारभन्दा…

Read More

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ८८ जना मध्ये वीरगञ्जस्थित उच्च अदालत अस्थायी इजलासका दुई जना न्यायधिश र १३ जना कर्मचारी समेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ । उच्च अदालत अस्थायी इजलाश वीरगञ्जमा संकलित १०६ जनाको स्वाब मध्ये ८० जनाको परीक्षण गर्दा दुई जना न्यायधिश र १३ जना कर्मचारी गरी १५ जनामा संक्रमण पुष्टि भएको हो भने २६ वटा स्वाबको परिक्षण रिर्पोट आउन बाँकि रहेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएका परीक्षणको बुधबार राति आएको १ सय ९२ जनाको स्वाब परीक्षण रिर्पोटमा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । थपिएका नयाँ…

Read More

सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय आजदेखि थापाथली हाइटबाट सञ्चालन भएको छ। कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गर्नुभएको छ । तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्ष सहित १२ कोठा छन् । एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।

Read More