काठमाडौं, १० चैत
धादिङ, थाक्रे गाउँपालिका-७ राम्चेस्थित सडकमा बा.२ क ४७०० नम्बरको टिपर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा टिपर चालक सोही गाउँपालिका-७ राम्चे बस्ने ३० वर्षीय अन्जन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी, मटिहानी नगरपालिका-६ जलसागरस्थित सडकमा प्र.२-०२००५ प ९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २४ वर्षीय राजा मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेक्सलाइट हस्पिटल जिरोमाइल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।