१३ चैत २०७९ काठमाडौं।
लमजुङ, बेसीशहर नगरपालिका-२ गैरीस्थित मर्स्याङदी नदीको किनारमा सोही नगरपालिका-७ मनाङचौतारा बस्ने ४९ वर्षीया तारा देवी गुरुङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलोबस्तीस्थित बाटोमा धनकुटा महालक्ष्मी नगरपालिका-७ घर भएका ४२ वर्षीय सुशिल पौडेल आइतबार मृत अवस्थामा फेला परेका छन् । म्याग्दी, धवलागिरी गाउँपालिका-६ मराङ बस्ने ४५ वर्षीय सङ बहादुर सुनार सोही ठाउँस्थित जरी खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा, जिरी नगरपालिका-३ माली बस्ने ३८ वर्षीय शाङगे शेर्पा सोही ठाउँस्थित काप्ती जंगलको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।दैलेख, महाबु गाउँपालिका-५ गडिगाउँ बस्ने ७३ वर्षीया लिलावती चुनारा भैरवी गाउँपालिका-६ कुर्माकोटस्थित भुतेर खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । पाल्पा, रैनादेवी छहरा गाउँपालिका-८ कोहल बस्ने ७० वर्षीय रन बहादुर रेस्मी आफ्नै घर नजिकै रहेको भल्टेखानी गैरामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।