२०७९ चैत २५,
संवाददाता: सन्तोष प्रसाद तिवारी,
काठमाडौं ।
समाज डेन्टल हस्पिटलको ९ औं शाखा गोकर्णेश्वर नगरपालिका वडा नं ६ बौद्ध जोरपाटीको पुरानो अरब बैंकमा उद्घाटन गरिएको छ । विविध कार्यक्रम गरी शनिबार समाज डेन्टल हस्पिटलको नगर प्रमुख दीपक रिसालले रिबन काटेर उद्घाटन गर्नु भयो। “दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता” भन्ने उदेश्यका साथ समाज डेण्टल हस्पिटलको शाखा खुल्न लागेको स्रोतले जनाएको छ ।साथै यस दिन सम्पुर्ण सेवाहरुमा ५०% छुट र बाँकी चैत्र महिना र बैशाख महिना भरि १५ % छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिरेले बताएका छन् ।
प्रबन्धक घिमिरेले एतिहासिक धार्मीक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। सामान्य शुल्कमा गुणस्तरीय सुविधा दिने उदेश्यका साथ शाखा स्थापना गरिएको घिमिरेले बताए । समाज डेण्टल हस्पिटलले २३ बर्ष देखि दाँत तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको समेत जानकारी गराए ।
उद्घाटन कार्यक्रममा वडा सदस्य मञ्जु पुडासैनी, बसन्ती नगरकोटी, समाजसेवी कुमार लामा सहितको सहभागिता रहेको थियो।