ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

देशैभर सञ्चालन गरेको स्वास्थ्य बिमा अझै पाँच पालिकामा सुरु हुन सकेन


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं : सबै किसिमका सेवा–सुविधा पाइने काठमाडौं महानगर र ललितपुर महानगरमा अहिलेसम्म पनि सरकारले देशैभर सञ्चालन गरेको  स्वास्थ्य बिमाको सेवा सुविधा पाइँदैन। स्वास्थ्य बिमा सञ्चालन भएको सात वर्ष पुगे पनि देशकै सबैभन्दा धेरै नागरिक बस्ने काठमाडौं महानगर र ललितपुर महानगरसहित पाँच पालिकामा अझै पनि यो सेवा सुरु हुन नसकेको हो। अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा पुगेको भए पनि सबै पालिकामा लागू भइसकेको छैन। कुल ७५३ पालिका मध्ये अहिलेसम्म ७४८ वटा पालिकामा मात्रै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालमा आएको बताइएको छ। देशको संघीय राजधानी रहेको र सबैभन्दा सुगम क्षेत्रका पालिका ललितपुर, काठमाडौं, नागार्जुन, कीर्तिपुर र बुढानीलकण्ठ अझै पनि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन नसक्दा यी स्थानीय तहका नागरिक सेवा पाउनबाट वञ्चित भएका हुन। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा‍.दामोदर बर्सौलाका अनुसार पालिका ललितपुर महनगरपालिका, काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका अझै पनि स्वास्थ्य मार्फतको सेवा लिन प्रथम सेवा बिन्दुको (अस्पताल वा स्वास्थ्य संस्था)कै समस्या रहेको छ। मुख्य कुरा बिमामार्फतको सेवा लिन सुरुमा प्रथम सेवा  केन्द्र अर्थात् सामान्य चिकित्सक भएका स्वास्थ्य संस्थामा देखाउने त्यहाँ नभएको खण्डमा ‘रिफरल’ अस्पतालमा पठाउने हो। तर, यी पाँचपालिकामा सामान्य स्वास्थ्य संस्था नभएरै बिमा सञ्चालनमा कठिनाइ भएको देखिन्छ। स्वास्थ्य बीमा बोर्डका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ३०, १९ र ८ ले प्रथम बिन्दुको रूपमा संस्था खडा गर्ने गृहकार्य थालेको बताइएको छ। सामान्य चिकित्सा र प्रयोगशाला सेवा भएको खण्डमा प्रथम सेवमा बिन्दु मान्न बोर्ड तयार छ। तर पनि उपत्यकाका पाँच स्थानीय तहले अझै पनि स्वास्थ्य बिमा सञ्चालनमा गर्न सकेका छैनन्। यी पाँच पालिकामा सामान्य स्वास्थ्य संस्था छैन। प्रथम बिन्दु नभएका कारण अहिलेसम्म दुई ठूला महानगरपालिका र नगरपालिका भए पनि उपत्यकाका शक्तिशाली तीन नगरपालिकाका नागरिक स्वास्थ्य बिमा सञ्चालनमा कठिनाइ भएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक डा. बर्सौलाले भने ‘ काठमाडौं र ललितपुर महानगरपालिकामा त प्रवेश विन्दुको लागि स्थानीय तहका स्वास्थ्य संस्थाकै कारण बिमा सञ् नल गर्न सकिएको छैन, यसका लागि हामी महानगरसँग पटक–पटक छलफल गरेका छौँ। काठमाडौं सबै वडामा शहरी स्वास्थ्य केन्द्र बनाउने र त्यसलाई नै प्रथम सेवा विन्दु बनाएर बिमा सञ्चालन गर्ने भनेको छ यस्तै ललितपुरले पनि तयारी गरिरहेको छ।’ यस्तै उपत्यका अन्य तीन नगरपालिका नागार्जुन, कीर्तिपुर र बुढानीलकण्ठ स्वास्थ्य बिमा सञ्चालनको लागि अन्तिम तयारी गरेको र अब छिट्टै सञ्चालन गर्ने समेत डा. बर्सौलालले बताए। तीन पालिकामा दर्ता सहयोगी छनोटको कार्य समेत अगाडि बढाएको समेत बताइएको छ। अहिलेको व्यवस्था अनुसार स्थानीय तहका स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु भनिएको छ। तर धेरै ठाउँमा भएका स्थानिय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु तथा आवश्यक उपकरण नहुनु र काठमाडौं जस्ता ठाउँमा भएका स्थानीय स्वास्थ्य संस्थालाई प्रभावकारी बनाउन नसक्नु नै अहिलेको समस्या भएको बताउँछन्, स्वास्थ्य सेवा विभागका पूर्वउपमहानिर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारी। ‘बिमा अफसल हुँदै जानु मुख्य कारणमध्ये एक अहिलेको सेवाको प्रथम विन्दु धेरै स्थानमा नहुनु र भएका पनि प्रभावकारी नहुनु पनि एक हो’, उनले भने। के हो स्वास्थ्य बिमा? स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका पाँच जना सदस्य भएका परिवारले वार्षिक रूपमा तीन हजार ५०० रुपैयाँ तिरेपछि वार्षिक एक लाख रूपैयाँसम्मको औषधोपचार सेवा पाउँछन्। त्यस्तै प्रतिव्यक्ति ७०० रुपैयाँ तिरेर थप २० हजार रुपैयाँको सुविधा पनि पाउने बोर्डले जनाएको छ। बिमामार्फत पाइने सेवामा ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन्।  तर बिमाबाट कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतनसम्बन्धी सेवा भने पाइँदैन। सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो। कैलालीबाट सुरु गरिएको यो कार्यक्रम अहिले ७७ जिल्ला र ७४८ स्थानीय तहमा पुगिसकेको छ। स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार हाल देशभर ४४० स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन्। जसमध्ये ३४६ वटा प्रथम सेवा बिन्दु र बाँकी ९४ ‘रिफरल’ संस्था छन्। अधिकांश सरकारी संस्थामा बिमा कार्यक्रम सञ्चालन गरिएको छ।

वार्षिक बजेट १७ अर्ब, ३२ करोड ८७ लाख ५७ हजार रुपैयाँ भएकोमा आलु आर्थिक वर्षको १५ चैत सम्म कुल खर्च ९ अर्व ९७ लाख ३१ हजार २० रुपैयाँ (५२ प्रतिशत) खर्च भएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host