२०८० वैशाख ०७
काठमाडौँ।
उपनिर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग, नेपालले एक सुचना संदेश जारी गरी तपसिल विषयमा निर्णय गर्दै आफ्नो जिम्मेवारी सार्वजनिक गरेको छ – यसको पुर्ण पाठ यस्तो रहेको छः- बारा जिल्ला निर्वाचन क्षेत्र नं-२,चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा यही २०८० /०१/ १० गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको सन्दर्भमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक आज मिति २०८० साल वैशाख ६ गते बुधवार समितिका संयोजक माननीय निर्वाचन आयुक्त श्री सगुन शम्शेर ज.ब.रा. को अध्यक्षतामा बैठक बस्यो । उक्तः बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्त माननीय निर्वाचन आयुक्तहरु तथा आयोगका सचिवको उपस्थिति रहेको थियो । यसैगरी उक्त बैठकमा गृह सचिव, रक्षा सचिव, अर्थ सचिव, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक समेत उपस्थिति रहेको थियो । बैठकले उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्था सम्बन्धमा देहाय बमोजिम निर्णय गरेको छ ।
१. प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८० /०१ ०८ देखि मिति २०८० /०१/ १० सम्म ३ दिनका लागि उप निर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त ३ दिनका लागि विद्यालयमा सार्वजनिक विदाको व्यवस्था•मिलाउन मुख्य सचिव मार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने ।
२. मतदान हुने मिति २०८०/ ०१/ १० गते आइतवारका दिन सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने ।
३. मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मिति २०८० /०१/ ०८ देखि २०८० ०१ १० सम्म उपलब्ध गराउन नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् उप निर्वाचन हुने जिल्लाका सम्वन्धित सबै स्थानीय तहमा लेखी पठाउने ।
४. मिति २०८०/०१/१० गते उपनिर्वाचन हुने जिल्लाहरुमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्वन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमा लेखी पठाउने ।
५. मिति २०८०/१८ गते देखि २०८०/१।१० गतेसम्म उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रमा आचारसंहिता प्रतिकूल गतिविधि माथिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गर्न गराउन तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विषेश संयन्त्र मार्फत सूक्ष्म अनुगमन गर्ने ।
६.उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्थाका लागि नेपाल सरकार,गृह मन्त्रालयमा लेखी पठाउने।