ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
लण्डन,  बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएको जनाएसँगै बेलायतले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउने घोषणा गरेको हो । आफ्ना नागरिकलाई सुडानमा असुरक्षित छाडेकामा व्यापक आलोचना भएपछि सरकारले बेलायती राहदानी वाहकहरूलाई सुडानबाट फिर्ता ल्याउने बताएको हो । सन् २०२१ मा अफगानिस्तानबाट आफ्ना नागरिक उद्दार गर्दा पनि बेलायतको आलोचना भएको थियो ।  गए रातिदेखि सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ । प्रधानमन्त्री ऋषि सुनकले रोयल एयर फोर्सको उडानबाट बेलायती नागरिकलाई स्वदेश ल्याउने प्रक्रिया प्रारम्भ भएको बताउनुभएको छ । बालबालिका, वृद्धवृद्धाका साथै कमजोर अवस्थामा रहेका परिवारलाई उद्धारको प्रथम प्राथमिकतामा राखिएको उहाँले बताउनुभएको छ । उद्धार अभियानलाई जटिल कार्य भन्दै उहाँले बेलायतको सशस्त्र सेना,कूटनीतिज्ञ र अभियानमा संलग्न अन्य व्यक्तिको सराहना गर्नुभएको छ । प्रधानमन्त्री सुनकले सुडानमा रक्तपात अन्त्य गर्न र लोकतान्त्रिक सरकालाई बेलायतबाट निरन्तर सहयोग एवम् समर्थन रहने बताउनुभएको छ । बेलायतका विदेशमन्त्री एन्ड्रयु मिचेलले सुडानमा दोहोरो नागरिकता भएका करिब चार हजार बेलायती र बेलायतको मात्र राहदानी भएका चार सय मानिस रहेका बताउनुभएको छ । करिब दुई हजार बेलायती राहदानी वाहकले उद्धारका निम्ति आवेदन गरेका जानकारी पनि उहाँले दिनुभएको छ । विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार उद्धार उडान खार्तुम बाहिरको एयरफिल्डबाट हुनेछ । खार्तुममा रहेका बेलायती नागरिकलाई नबोलाएसम्म घरभित्रै बस्न तथा एयरफिल्डमा नजान आग्रह गरिएको छ । खार्तुमको स्थिति नाजुक रहेका थोरै समयमा उद्धारका गतिविधि गर्नुपर्ने र त्यसमा छोटो समय मै सूचना प्रवाह गर्नुपर्ने परिस्थिति पनि उत्पन्न हुनसक्ने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

ठगी कार्यमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका दाेषीलाई नेपाल फिर्ता ल्याइयो

सुडान गृहयुद्ध ,युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

जी-सेभेन शिखर सम्मेलन आज सम्पन्न हुँदै, रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host