ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईटा ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जानकारी दिए। पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।











