२०८० वैशाख ०५
काठमाडौँ।
सन्तोष प्रसाद तिवारी।
टोखा नगरपालिका शिक्षा शाखाले टोखा -०४, धापासी काठमाण्डौं अवस्थित धापासी माध्यमिक विद्यालयमा शिक्षक (बालविकास) को आवश्यकताकाे माग आवेदन गर्दै एक सुचना संदेश जारी गरेको छ। टोखा नगरपालिका शिक्षा शाखाले मिति २०८० वैशाख ०३ मा सुचना प्रकाशित गरी नं. ९२ को प्राप्त पत्र र यस विद्यालयको वि .व्य. स. काे मिति२०७९ चैत ३० को बैठकको निर्णय अनुसार बालविकास शिक्षक – संख्या १ जनाको माग गर्दै बालविकास शिक्षक पदका लागि दरखास्त आव्हान गराएको सूचना मार्फत जानकारी गरीएको हो। आवेदनका लागि मिति २०८०।०१।१९ गते सम्म समय टाेकिएकाे छ। नगरकाे शिक्षा शाखाले निम्न विवरण पुरा गरी आफ्नो याेग्यता अनुसार दरखास्त दिन सकिने जनाएको छ। विवरणहरु यस्ता छन्-:
१. शैक्षिक योग्यता:
क) १२ कक्षा वा सो सरह उत्तीर्ण ।
ख) मन्टेश्वरी तालिम प्राप्त हुनु पर्ने छ ।
२. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने ।
३. परीक्षा दस्तुर : रु ५००/- (अक्षरुपी रु पाँच सय मात्र ।)
४. अध्यापन अनुमति पत्र र कम्प्यूटर तालिम लिएकोलाई प्राथमिकता दिइने छ ।
५. संलग्न हुनुपर्ने कागजात : क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
ख) आफूले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि ।
ग) निवेदन ( दरखास्त ) ।
६. छनौटको किसिम : लिखित र अन्तर्वार्ता ।
८. सम्पर्क मिति : २०८०।०१।२० गते ।