ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

खुल्लामञ्चमा महानगरको चाबी, खुल्लामञ्च सधैँ खुल्ला हुनुपर्ने माग


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं,  
ADVERTISEMENT
केही दिन अघिमात्र मधेश प्रदेशबाट १२ दिनसम्म पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले पिडा अभिव्यक्त गर्ने ठाउँको रूपमा खुल्ला मञ्चलाई रोजेका थिए । तर, काठमाडौं महानगरले पीडितलाई जनताको मञ्च भनेर चिनिने खुल्लामञ्च प्रवेश गर्नबाट रोक लगायो । सङ्घीय सरकारलाई आफ्ना पिडा, दुःख, वेदना सुनाउन आएका उनीहरूलाई काठमाडौं महानगरले रोक्यो । खुल्लामञ्च प्रवेश नपाएपछि  पीडितहरूले वीर अस्पताल अगाडि सडकमै बसेर आन्दोलन गर्न थाले । सानो गर्जो टार्न साहुसँग लिएको ऋणका कारण आफ्नो घरखेत नै उठिबास लागेर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको भन्दै पीडित झन् बढी चिन्तित बने  । खुल्ला मञ्च अहिले बेकामे बनिरहेको छ । २०७८ साल वैशाख १५ गतेदेखि खुल्लामञ्च खाली छ । कहिलेकाहीँ नगर प्रहरीसँगको सेटिङमा पार्किङ गरिँदै आएपनि आम सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको छ । जनताले सार्वजनिक उपयोग गर्दै आएको खुल्ला मञ्चका गेटहरूमा अहिले महानगरको ताल्चा झुण्डिएको छ । खुल्लामञ्चमा धेरै राजनीतिक कार्यक्रमहरू हुने गरेका थिए । काठमाडौंको मुख्य ठाउँ अन्यत्र खुल्ला क्षेत्र नभएकाले खुल्ला मञ्चलाई रोज्ने गरिएको हो । तर अहिले यो खुल्लामञ्च बन्द छ । सामाजिक अभियन्ता गणपतिलाल श्रेष्ठका अनुसार खुल्ला मञ्च सधैँ खुल्ला नै रहनुपर्ने भएकाले महानगरको यो कार्य खेदजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खुल्लामञ्च सधैँ सबैका लागि खुल्ला हुनुपर्छ । अहिले महानगरले प्रवेश निषेध गर्नु खेदजनक छ ।” खुल्लामञ्च देशको राजनीतिक एवम् ऐतिहासिक ठाउँ समेत भएकाले पनि यसको महत्त्व रहेको र “खुल्लामञ्च एउटा सामान्य ठाउँ होइन उहाँको तर्क छ । यो देशको राजनीतिक परिवर्तनसँग पनि जोडिएको छ । यसको ऐतिहासिक महत्त्व पनि छ ।” देशलाई गलत बाटोमा हिँड्नबाट बचाउनका लागि पनि खुल्लामञ्च उपयुक्त रहिआएको यसको अस्तित्व मास्न नहुने उहाँको तर्क छ । यस्तै सम्पदा अभियन्ता विद्या श्रेष्ठका अनुसार खुल्ला मञ्च धार्मिक, सांस्कृतिक महत्त्वको रहेकाले यसलाई खुल्ला नै राख्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “खुल्लामञ्च आम जनताका लागि नै खुल्ला हुनुपर्छ । राजनीतिसँगै यस ठाउँको धार्मिक र सांस्कृतिक महत्त्व पनि रहेको छ । त्यसकारण यसको महानगरले संरक्षण गर्नुपर्ने आवश्यकता छ ।” खुल्लामञ्चलाई तीन तहको बेसमेन्ट पार्किङ बनाउनको लागि महानगरले गृहकार्य गरिरहेको भन्ने गुनासो आएकाले यसो गरिए खुल्लामञ्चको अस्तित्व मेटिने उहाँ बताउनुहुन्छ । यस्तै काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार खुल्लामञ्चमा अहिले व्यवस्थापन नगरिएका कारण बन्द गरिएको हो । व्यवस्थित गरेर खुल्लामञ्चलाई खुल्ला गर्नेछौँ । ” उहाँका अनुसार अहिले खुल्लामञ्चमा मानिस बस्न मिल्ने र डुल्न मिल्ने ठाउँ नै नरहेकाले खुल्ला गर्न नसकिएको बताउनुभयो । खुल्ला मञ्च सर्वसाधारणका लागि बन्द गर्ने कुनै योजना नरहेकाले हरियाली हुने बित्तिकै यसलाई खुल्ला गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “खुल्ला मञ्च सर्वसाधारणका लागि बन्द गर्ने कुनै योजना होइन । तर, त्यहाँ हरियाली नभएकाले अहिले खुल्ला नगरेका हौँ। अहरियाली भएपछि खुल्ला गर्नेछौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host