२०८० असार १३,
काठमाडौँ।
संवाददाता: सन्तोष प्रसाद तिवारी।
काठमाडौँकाे बालाजु ढुंगेधारा स्थित शनिबार बाईक दुर्घटना हुँदा बाईकमा सवार, चार जना एकै परिवारका सदस्य घाइते भएका छन्। बा २१ प ९२३३ नं काे हिराे हाेण्डा बाईकलाई विपरीत दिशाबाट आएको प्रदेश १-०२-०४६ प ८८३५ नं काे क्रस फायर बाईकले ठक्कर दिँदा हिराे हाेण्डामा सवार तारकेश्वर नगरपालिका निवासी एकै परिवारका चार सदस्य घाइते भएका हुन्। घाईते हुनेमा अस्मिता श्रेष्ठ “श्रीमती ” कुमार श्रेष्ठ “श्रीमान्”,३ वर्षकि छाेरी जेनिशा श्रेष्ठ र ५ वर्षकि छाेरी एलिसा श्रेष्ठ रहेका छन्। घाईतेहरुको दरबार मार्ग स्थित ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको छ। स्रोतका अनुसार घाइते मध्ये एकलाई भ्यान्टिलेसनमा राखिएको जनाइएको छ। अर्का बाईक चालकलाई प्रहरी वृत्त बालाजुमा हिरासतमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको घाइतेका आफन्तले बताएका छन्। घाईतेले आफु सवार बाईकलाई विपरीत दिशाबाट आएर ठक्कर दिई दुर्घटना गराएको बताएका छन्।