ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता


चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, फाल्गुण १३ । युनाइटेड नेपाल डेमोक्रयाटिक पार्टीका काठमाडौं–४ का प्रतिनिधिसभाका उम्मेदवार मुस्कान पौडेलले जेनजी युवालाई सम्बोधन गर्दै मत मागेका छन् । उनको चुनाव चिन्ह ‘पुरुष’ रहेको छ । फाल्गुण २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । पार्टीको केन्द्रीय अध्यक्षसमेत रहेका उनले आफ्नो चुनावी घोषणापत्रको सुरुमै भनेका छन् ‘आदरणीय मतदाता आमाबुबा, दाजुभाई, दिदिबहिनी, जेनजी युवाहरुमा मेरो हार्दिक नमन अभिवादन ।’ उनले नेपालमा प्रजातन्त्र आएको ३६ वर्ष पूरा भएको, राजतन्त्र फ्याल्दै प्रजातन्त्र ल्याएको पनि धेरै वर्ष भए पनि नेपाली जनताले के पाए भनेर मनन गर्ने बेला भएको बताएका छन् । उनले यो व्यवस्थाले न त रोजगारी दिएको, न त शान्ति दिएको बरु जनताले पाइरहेको कुरा पनि गुमाएको घोषणापत्रमा लेखेका छन् । उनले सबैको मन छुने कुरालाई यसरी उल्लेख गरेका छन् ‘घरजग्गा बेचेर, ऋण काढेर आफ्ना छोराछोरीलाई विदेशी भूमिमा पठायौं । आज न छोरा फर्कने कुरा गर्छन्, न छोरी । खेतबारी उजाडिएका छन्, खेतबारी जंगल बनेका छन्, घरहरु घाटजस्तै सुनसान छन् ।

के यही हो प्रजातन्त्र ? लोकतन्त्र ? गणतन्त्र ? देशका लागि पुर्खा लडे, हामी लड्यौं तर आज सामन्ती सोच बोकेका नै सत्तामा पुगेका छन् । हामी नेपाली सधैं हेपिने, मिचिने र थिचिने अवस्थामा छौं । यसका लागि दोष केवल नेताहरुको मात्र होइन, हामी स्वयं पनि जिम्मेवार छौं । गाली अर्कालाई गर्ने तर चुनावमा लाइन लागेर उही देश लुट्नेहरुलाई भोट हाल्ने, के यही हो प्रजातन्त्र ? उनले पुराना दलहरुको काम गलत नै भए पनि उनीहरुलाई नै फेरि पनि मतदान गर्ने कुराप्रति आपत्ति जनाएका छन् । उनले एकपटक नेपालीले सोच्नुपर्ने बेला आएको बताएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

पौडेलले युवाहरुलाई अघि बढाउन, बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न, युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि पार्टी स्थापना गरिएको समेत प्रष्ट पारेका छन् । ‘म मुस्कान पौडेल तपाइहरुको घरदैलोमा आएको छु र तपाइहरुको सेवामा समर्पित हुने छु । यस क्षेत्रको विकास, सुशासन, रोजगारी र समृद्धिका लागि म प्रतिबद्ध छु । तपाइको एक मत देश बेच्ने दलालहरुको हातमा नपरोस्’ उनले भनेका छन् ‘ क्षेत्र नम्बर ४ मा भूमाफियाहरुले कब्जा गरेका सार्वजनिक सम्पत्तिहरु पुनः राष्ट्रको नाममा ल्याउने प्रतिबद्धता गर्दछु ।’ उनले क्षेत्रका वागमति र रुद्रमति खोलाका किनारामा ‘ग्रीन बेल्ट’ निर्माणका लागि पहल गर्ने, क्षेत्रका सबै टोल र सडकहरुमा सीसीटिभी क्यामेरा जडान गर्ने, चोरी डकैती, गुण्डागर्दी तथा अन्याय अत्याचार गर्ने जोकोहीलाई कानुनी कठघरामा ल्याइने पनि जनाएका छन् ।

उनले क्षेत्रको हितका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने, बाटो, बत्ती र ढलसम्बन्धी समस्या समाधानको लागि तत्कालै पहल गर्ने, युवा तथा खेलाडीहरुलाई सम्मान र प्रोत्साहन गर्ने, महिला तथा घरेलु हिंसाको अन्त्य गर्दै यस क्षेत्रलाई ‘टुरिजम ट्रान्जिट प्लान’ का रुपमा विकास गर्ने पनि प्रतिबद्धता जनाएका छन् । राजनीतिसँगै समाज सेवामा पनि सक्रिय उनले आफूले बोलेका र घोषणा गरेका कुरा पूरा गरेरै छोड्ने बताए । उनले त्यस क्षेत्रका बिरामीहरुलाई क्षेत्रभित्र रहेका अस्पतालहरुमा उपचार गर्दा १५ देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गर्ने योजना पनि अघि सारेका छन् । क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगर पालिकाका वडा नम्बर १, ७, ८ र ३० तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रिया सम्पन्न

नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रिया सम्पन्न

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host