ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आमरण अनसनकारी लघुवित्त पीडितहरुकाे मागहरु अविलम्ब पूरा गर्नु पर्ने भन्दै प्रेस वक्तव्य जारी,के के छन् त ,प्रेस वक्तव्यमा उल्लेख गरिएको विषयहरू


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० साउन ११ काठमाडौँ। बुधबार (१०गते) लघुवित्त पीडितहरुका तर्फबाट अध्यक्ष  मणिराम ज्ञवाली लगायतका पाँच जना पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसन गरेको १४ दिन पुगेको छ । यस क्रममा  पीडितहरुले सभा, जुलुस, धर्ना, चक्काजाम लगायतका आन्दोलनका विभिन्न कार्यक्रम गर्न लागेको भने महिनौं भएको छ । यति गर्दै अन्तमा अनशनकारीहरु मरणासन्न हुँदा पनि सरकारले भेटघाट, सोधपुछ र वार्ता प्रकृया आदि कुनै कुरा सुरु गरेको छैन । यसरी पीडित जनताका पीरमर्काहरुको कुनैपनि सुनुवाइ नगरेको मात्र होइन कि सुन्ने नियत र आँटसम्म पनि नगरेकोप्रति हाम्रो मोर्चा – ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल’ को गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा  मोर्चाका तर्फबाट आज हामी केही प्रतिनिधिहरु अनसनस्थलमै गै आन्दोलन र आन्दोलनकारीहरुप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्‍यौं ।

यतिबेला देसमा लघुवित्त, सहकारी, फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट र मिटरब्याजे साहूहरुबाट गरीब–दुखी किसान–मजदुरहरु र साना उद्योगी–व्यवसायीहरु, थोरै बचतकर्ताहरु र पेवा बचतकर्ता महिला आमा–दिदीबहिनीहरु अत्यन्त अमानवीय, अन्याय, अत्याचार र अपमानपूर्ण शोषण–दमन र उत्पीडनमा परेका छन् । यसरी निर्धा–निमुखा जनसाधारणहरुका बचत गरेका पैसा मात्र होइन कथित ऋृण–कर्जाका नाममा चर्को ब्याज, स्याज, जरिमानाजस्ता विभिन्न अस्वाभाविक, अनावस्यक र अतिशयजन्य कृयाकलापका कारण घरजग्गा लिलाम भै लुटिएर उनीहरुलाई गासबास र कपासविहीन तुल्याई रुवाबास र बिल्लिबाँठ पारिएको छ । तर परम आश्चर्य र चरम खेदको कुरा अझ के भएको छ भने आफूलाई शोषित–पीडित जनताको मुक्ति र प्रगतिको लागि दस बर्षे जनयुद्ध गरेर सत्र हजारको बलिदानको जगमा बनेको गर्व गरेर नथाक्ने नेकपा माओवादी केन्द्र र त्यसका सार्वकालिक नेता प्रचण्डको नेतृत्वको वर्तमान सरकारले यस्तो आन्दोलनको कुनै सुइंकोसम्म पनि नपाएझैं गरेर अनदेखा गर्दै बूझ पचाइरहेका छन् । यसको कारण स्पष्ट छ कि पार्टी र सरकारका उच्चपदस्थ नेता–शासकहरु नै यी शोषक संस्था र व्यक्तिहरुसँग मिलोमतो गरेर दलाली खाइरहेका छन् र उनीहरु त यी शोषक–साहूहरुको संरक्षण गर्दै शोषित–उत्पीडित जनसमुदायहरुलाई `जेसुकै गरून्, मरे पनि मरून्’ भन्ने आपराधिक मानसिकतामा पुगेका छन् । हामी यो लाल आवरणको दलाल सरकारको यस्तो ढोंगी र पाखण्डी चिन्तन, चरित्र र काम–व्यवहारको घोर निन्दा र भत्सर्ना गर्न चाहन्छौं । साथै, आमरण अनसनमा बसेका लघुवित्तपीडितहरु लगायत सम्पूर्ण आन्दोलित शोषित–पीडित जनसमुदायहरुका जायज र न्यायपूर्ण सबै मागहरु तत्काल पूरा गरोस् भन्न चाहन्छौं । यसक्रममा हामी चेतावनी दिन चाहन्छौं कि सरकारले पीडित आन्दोलनकारीहरुसंँग सफा नियतले इमान्दारीपूर्वक अविलम्ब वार्ता गरोस् अनि समस्याको शान्तिपूर्ण र वैधानिक रुपले सरल, शीघ्र र समग्ररुपमा स्थायी समाधान देओस् ! अन्यथा, देसभरिका सबै प्रकारका सम्पूर्ण शोषित–पीडित  जनसमुदायहरुको एकताबद्ध, संयुक्त र सशक्त निर्णायक आन्दोलनको शिकार बन्न वर्तमान दलाल पुँजीवादी सत्तासँगै यो प्रतिक्रियावादी प्रचण्ड नेतृत्वको गठबन्धन सरकार, संसदवादी पार्टी र व्यवस्था आफूहरुको  अन्त्यको दृष्य हेर्न र भोग्न तयार होऊन् !तसर्थ, सर्वप्रथम आमरण अनसनमा बस्नुभएका आन्दोलनकारीहरुको बाँच्न पाउने विश्वव्यापी मानव अधिकारको सम्मान गर्दै शीघ्रातिशीघ्र वार्ता सुरु गरेर माग पूरा गरी जीवन रक्षा गर्न जोडदार माग गर्दछौं ! होइन भने यसबाट उत्पन्न गम्भीरतम र जटिलतम परिणामको मुख्य जिम्मेवार स्वयं प्रचण्ड, उनको नेतृत्वको सरकार  र दल नै हुनुपर्ने छ भन्ने स्मरण गराउन पनि चाहन्छौं ।

नारायण शर्मा

संयोजक

ADVERTISEMENT

राष्ट्रिय क्रान्तिकारी

मोर्चा, नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host