२०८० साउन ११, काठमाडौं । बा’ग’म’ती प्र’दे’श सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक स’वारी सा’धनको भाडा घटाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय अनुसार भाडा घटाएको जानकारी दिएको हो । यो सँगै अब काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा घटेर आएको छ ।
नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलो/मिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । त्यसैगरी उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ तोकिएको छ ।
यस्तै, उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको २.३० प्रतिशत कम र प्रदेशमा सञ्चानल हुने मालवाहक सवारी साधनको भाडा १३.७४ रुपैयाँ प्रतिटन प्रति/किलोमिटर तय गरिएको छ । नयाँ भाडादर आज (साउन ११ गते) देखिनै लागू हुनेछ । सार्वजनिक सवारी साधनको भाडादर इन्धनको भाउसँग सम्बन्धित छ । इन्धनको मूल्य बढ्दा भाडा पनि बढाउने अनि इन्धनको भाउ घट्दा गाडी भाडा पनि घटाउने नीति लिइएको छ । अहिले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएको छ । भाडादरको सूची यस्तो छ -: