१८ साउन, काठमाडौं। काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृ’ङ्खल गतिविधि गरेको अभियोगमा ५ जनालाई काठमाडौं जोरपाटी’बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धु’पाल्चोक मेलम्ची घर भई काठमाडौं गोक’र्णेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाडौं कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भिम बहादुर बस्नेत, कागेश्वर मनहरा मुलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोक’गढी घर भई काठमाडौं गोक’र्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका छन् ।
सर्व’साधारणलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन’- भवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।