२०८० साउन २४ काठमाडौँ । शंखरापुर निर्माण व्यवसायी संघ(CAS) काे पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। शंखरापुर ५ स्थित पालुवारी रिसाेर्टमा साउन २३ गते मङ्गलबार विविध कार्यक्रम मार्फत् उक्त अधिवेशन गरिएको हो। कार्यक्रमको सञ्चालन गोपाल ढकालले गरेका थिए भने,सभापतित्वमा राम बहादुर स्याङ्बाे रहेका छन्।
यसै कार्यक्रमबाटै नयाँ कार्यसमिति चयन गरिएको थियो। नयाँ कार्यसमितिमा अध्यक्ष-राम बहादुर स्याङ्बाे, उपाध्यक्ष -शंकर घ्लान,सचिव-गाेपाल ढकाल, सहसचिव-प्रकाश लामा, काेषाध्यक्ष-रमेश लामिछाने , सदस्यहरु-मान बहादुर वाइबा,हितमान तामाङ, राजकुमार घिसिङ, कृष्ण घ्लान सहित नाै कार्यसमिति गठन गरिएको छ। कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथि लगायतका अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए।
प्रमुख अतिथिमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापीत, विशिष्ट अतिथिमा उप-मेयर समिति श्रेष्ठ, अतिथिहरु- ctvt का प्रमुख सुमन श्रेष्ठ ,का.उ.नि.व्य.सं महासचिव विजय लामा,का.उ.नि.व्य.सं अध्यक्ष कृष्ण गाैतम, शंखरापुर ईलाका प्रहरी प्रमुख फुल माया घिसिङ लगायत निर्माण व्यवसायी संघ आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रमकाे समापन सभापति एवम् नवनिर्वाचित अध्यक्ष राम बहादुर स्याङ्बाेले गरेका थिए। सन्तोष तिवारी।












