ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सवारी दुर्घटनामा १२ जनाको मृत्यु,जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ


ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, २३ भदौ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राईजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २९ वर्षीय जीवन खड्का समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

धनुषा। जनकपुर उपमहानगरपालिका-४ राजदेवी मन्दिर नजिकबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार रूपैयाँसहित   भारत विहार राज्य घर भएका २० वर्षीय राजेश कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी हबजोयरधानबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस् –

ADVERTISEMENT

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बाँके, राप्तीसोनारी गाउँपालिका-८ सम्शेरगंजस्थित सडकमा बिग्रिएर रोकि राखेको ना.८ ख ६४०५ नम्बरको ट्रकमा दाङबाट कोहलपुरतर्फ जाँदै गरेको ना.७ ख २३२१ नम्बरको बस ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका-९ बस्ने ५० वर्षीय काशिराम थारू समेत ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर गाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३३ जनालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएकोमा ४ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुली, दुधौली नगरपालिका-१० रातमाटास्थित सडकमा जल्किनेबाट दुधौलीतर्फ जाँदै गरेको बा.४ ख ५१३० नम्बरको कमलामाई बोर्डिङ स्कुलको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१३ बस्ने ५२ वर्षीय समर बहादुर तामाङको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । उक्त बसले प्रदेश १-०५-००१ ह ०१८३ नम्बरको अटोलाई ठक्कर दिँदा अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका अटोमा सवार २ जना दुधौली प्रयाग हस्पिटलमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, राप्ती नगरपालिका-३ झुरझुरेस्थित सडकमा प्र.२-३-००२ ख ५६०९ नम्बरको ट्रक र ना.३ ख ५४८८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ बस्ने ४३ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२-३-००२ ख ५६०९ नम्बरका चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ स्थित सडकमा प्रदेश ३-०२-००२ प ६९३ नम्बरको मोटरसाइकल बागमती प्रदेश ०३-००१ ख २४११  नम्बरको टेलर गाडीमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रेपलान्चोक बनेपा नगरपालिका-२ घिमिरेगाउँ बस्ने २५ वर्षीया नविना काफ्ले घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । उक्त मोटरसाइकल बाग्मती प्रदेश ०२-०२३ प २८५९ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित भई टेलर गाडीमासमेत ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । टेलर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ADVERTISEMENT

सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टस्थित सडकमा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको को.१ क ११५९ नम्बरको स्कुल बस र प्र.१-०२-०५२ प १९५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार सोही प्रतिष्ठानमा कार्यरत पर्सा घर भएकी २६ वर्षीया अम्बिका माखिमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापा, कमल गाउँपालिका-३ बोहरा टोलस्थित सडकमा मे.११ प ९२०३ नम्बरको मोटरसाइकल र मे.२ प ५९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.२ प ५९२३ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-३ बस्ने ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।  मे.११ प ९२०३ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host