सन्तोष प्रसाद तिवारी।
२७ भदौ, काठमाडौँ। सामाजिक सञ्जाल-मार्फत प्रयाेग कर्ताहरुले नेपाल प्रहरीलाई असर हुने र जिम्मेवार पेशामा नै आँच आउने गतिविधि गरेको देखिएपछि नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै सम्पुर्ण सामाजिक सञ्जाल प्रयोग कर्ताहरूमा ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिकाे सार यस्तो छ – विगत केही समय यता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रम -हरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग गरेको देखिनुका साथै सांगठनिक मर्यादा विपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने एवम् प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यहरू समेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवम् अराजक प्रकृतिका अभि-व्यक्तिहरूबाट प्रहरी कर्मचारी – हरूको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकोले नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं:
जारी गरिएको प्रेस विज्ञप्तिकाे बुँदाहरू क्रमशः
१. नेपाल प्रहरीको पोशाक प्रयोग गर्नु पूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नवसालमा पोशाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्ने ।
२. नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न नगराउन हुन ।
३. प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पुरा गर्दा निजहरूको व्यावसायिकता र मनोबलमा हास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन नगर्न हुन ।
४. यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ ।
प्रेस विज्ञप्तिकाे पुर्ण पाठ मुख्य शिर्षकको तल राखिएको छ।