२८ भदाै काठमाडौँ । २०७४ सालमा टाेखा नगरपालिका वडा १मा स्थापना गरिएको रूखमुनी छहारी महिला समुहले नेपाली चेलीबेटी हरूकाे महान चाड हरितालीका तिजकाे अवसरमा टाेखा नगरपालिका १स्थित झरना पार्टी प्यालेसमा दर खाने तथा बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्राैला काे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।
विशेष अतिथी काठमाडौं निर्वाचन क्षेत्र नं ६ क का प्रदेश सांसद हरिप्रभा खड्गीले अब आउने निर्वाचनमा महिलाले प्रतिनिधित्व गर्नुपर्ने त्यसका लागि मेराे तर्फ पुर्णरूपमा सहयोग हुने कुरामा जाेड दीनु भयाे।कार्यक्रममा उल्लेखनीय मात्रामा चेलिबेटीहरूकाे उपस्थित रहेकाे कार्यक्रममा टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङले अब नारिहरूले आफ्नो अधिकार कागजमा मात्र सिमित नभई व्याभारमा ल्याउनु पर्ने कुरामा जाेड दिनु भयाे ।वडा अध्यक्ष रमेशकुमार लामिछानेले जसरी मलाई चुनाव जिताउन याे रूखमुनी छहारीकाे महिला समुहले महत्त्वपूर्ण भुमिका खेलेकाे थियोे मेराे जिवनकाे अन्तिम घढी सम्म म कुर्सीमा रहु या नरहु मेराे तर्फबाट जहिले पनि सहयोग, साथ सद्भाव रहिरहने कुरामा जाेड दिनु भयाे ।
कार्यबाहक सभापति किशोर अधिकारीले संस्थाले साच्चै नाम अनुसारकाे सबैलाई मिलाएर जान सक्ने पानी पर्दा छाता बन्नु र घाम लाग्दा छहारी बनेर सबैको हित हुने काममा लाग्नुकाे बिकल्प नरहेकाे र सबैभन्दा साथ लीएर हिड्नु पर्ने कुरामा जाेड दीनुभयाे।वडा सदस्य तथा रूखमुनी छहारी महिला समुहका सदस्य सुनिता अधिकारीले वडा सदस्य भन्दा पनि मलाई याे संस्थाकाे भएकाेमा गर्व छ र याे संस्थाले मलाई यति ठुलाे पदमा पुर्याएकाे छ याे संस्थाकाे हक हित,अधिकारका लागि सधैं लडिरहने कुरा बताउनु भयाे।
संस्थापक शान्ता अधिकारीले रूखमुनी छाहारीले सबैलाई सितलता दिने अन्य क्षेत्रकाे महिलालाई समेट्दै जाने र याे रूखकाे जारलाई बलियाे बनाउने कुरा बताउनुभयो । कार्यक्रममा जिल्ला सम्मन्वय समिति सदस्य राजकुमार विडारी ,टाेखा नगरपालिका नगरसभापती ओमकृष्ण बिमलि, नेपालि कांग्रेसका नेताहरू हरिहर अधिकारी ,ईन्द्रमान महर्जन , आशिष दुलाल , लक्ष्मण लामिछाने दिपेन्द्र लामा निशा पाण्डे पुर्णप्रशाद तिमिल्सिना , लगाएतका नेताहरूकाे उपस्थित रहेकाे थियाे ।संस्थाकाे अध्यक्ष आश्मा तिवारिकाे सभापतित्वमा संस्थाका सचिव रूपा कार्किकाे उद्घाेषण र महिलाहरूले दर खादै बिबिध सांस्कृतिक कार्यक्रममा नाचगान गर्दै कार्यक्रमलाई बिट मार्नुभएकाे थियोे ।
फाेटाे तथा समाचार संकलन,
सानुकाजी थापा।