ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चार जनाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ


ADVERTISEMENT

काठमाडौं, १ असोज। काठमाडौं महानगरपालिका-३२ तिनकुने -स्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ घर भई काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय संजय भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सः मिलमा कामदारको रूपमा बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका-८ घर भएका ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्ण बहादुर भुजेल, उनकै श्रीमती ५० वर्षीय अम्विका भुजेल, पूर्ण बहादुरकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका-२ घर भई सोही मिलमा बस्ने १९ वर्षीय नबिन भन्ने विशाल राईसमेत ४ जना शुक्रबार राति धारिलो हतियार प्रहार भई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न भण्डारीलाई काँडाघारी वीरेन्द्र चोकबाट पक्राउ गरेको हो ।

ADVERTISEMENT

केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले संजयलाई ठक्कर दिँदा उनीहरूबीच विवाद भएको र विशालले कुटपिट समेत गरेको रिसइबीका कारण विशाललाई भेट्छु, निहु खोज्यो भने छप्काई दिन्छु भन्दै खुकुरी बोकी मिलको पछाडि पट्टीको बन्द गेटबाट चढेर विशाल बसेको कोठाको सोफामा बसेको अवस्थामा विशालले किन यहाँ बसेको भन्दै कुटपिट गरेपछि संजयले रिस थाम्न नसकी खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको र अन्य ३ जनालाई सो घटना बाहिर आउने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै संजयको साथबाट घटनामा प्रयोग भएको १ थान खुकुरी प्रहरीले बरामद गरेको छ ।

प्रतिवादी भण्डारी जन्मजात बोल्न नसक्ने भएकोले घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछको क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको र घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य जारी रहेको छ ।

याे पनि पढ्नुहोस् –

सुन जस्तो धातु देखाई ठगी गर्ने चार जना पक्राउ:

सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई YUEPENG GOLD 1 KILO Fine GOLD 999.9 Y185270 लेखिएको सुन जस्तो देखिने धातु सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखा बिगु गाउँपालिका-५ घर भई भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षीय भिमसेन बिक, काठमाडौं महानगरपालिका-३ लाजिम्पाट मिलन मार्ग बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरी सितापुर गाउँपालिका-८ इटहरुवा घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीय दिलिप कुमार चौधरी रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बालाजु क्षेत्रमा सुन जस्तो धातु देखाई ठगी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो । 

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host