११ असोज,नरैनापुर । इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मजयन्ती (मोहम्मद डे ) बिहिबार परेको छ । नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले बिहिबार धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लम जन्म दिन अर्थात् मोहम्मद जयन्ती (मोहम्मद डे) मनाउँदै छ ।
बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पर्व मोहम्मद डेले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।
दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष शाहले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि दिनु भएको छ । अध्यक्ष शाहले मोहम्मद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।