ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सुनजस्तो देखिने चार किलोग्राम पहेलो धातुसहित पाँच जना पक्राउ


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

दोलखा, १२ असोज २०८०। सुन जस्तो देखिने पहेलो धातु ४ किलो-ग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् ।

बिगु गाउँपालिका-३ जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशर बहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरी घटनास्थल वरपरबाट केशर, पेम्बा र माधवलाई बुधबार पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका नुर्वु छिरीङ र सुनमालालाई भिमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  

ADVERTISEMENT

उनीहरुलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट ८ दिन म्यादथप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

यो पनि पढ्नुहोस्।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

कैलाली, गोदावरी नगरपालिका-९ सेहरी भन्ने गाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ वेलादेवीपुर बस्ने ३५ वर्षीय हरिद्वारी रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित बिर्तामोड नगरपालिका-८ बस्ने १९ वर्षीय बिवेक जवेगुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आईरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्सा, बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ४२ वर्षीय लोटन राउत र ४० वर्षीय देबलाल साह कलवार रहेका छन् । प्रहरी चौकी प्रसानीभाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ३५ ट्याब्लेटसहित पर्सा  छिपरमाइ गाउँपालिका-२ जयमंगलपुर बस्ने २८ वर्षीय सुखलाल मुखियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप समेतबाट खटिएको प्रहरीले ग.१ ख ००८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको हो ।

मोरङ, केराबारी गाउँपालिका-१० सुनौलो चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्रामसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० बस्ने २३ वर्षीय बिजय मगर, २६ वर्षीय असिम देवान, ३३ वर्षीय असिम मगर र सोही गाउँपालिका-७ बस्ने २४ वर्षीय अबिसेक लिम्बु रहेका   छन् । लागूऔषध ओसारपसार तथा बिक्री वितरण भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, जहदा गाउँपालिका-१ यादव टोलस्थित बाँसको घारीबाट बेबारीसे अवस्थामा राखिएको अवैध लागूऔषध गाँजा करिब ४ केजी बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा  बुधनगर र अस्थायी प्रहरी पोष्ट भटडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host