२०८० असाेज १९ ,शंखरापुर काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका ३ जहरसिंपौवा खेल मैदानमा जहरसिंपौवा खुला नकआउट फुटबल प्रतियोगिता हूने भएको छ।प्रतियोगिता यहि मिति २०८० साल असोज १९ देखि कार्तिक ३ गतेसम्म हुने स्रोतले जनाएको छ। जहरसिंपौवा युवा क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिता असोज १९ (आज) गते जहरसिंपौवा खेलकुद मैदानमा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननिय कुमारी मोक्तान ज्युबाट उद्घाटन हुने कार्यक्रममा तय भइसकेको
आयाेजकले जानकारी दिएका छन्। खेल उद्घाटन कार्यक्रम विहान ९:००बजे हुने छ।यस खुल्ला नकआउट फुटबल प्रतियोगितामा हजारौं खेलप्रेमी र दर्शकहरुको सहभागीता रहने आयाेजककाे एक सदस्यले बताए। प्रतियोगितामा भाग लिन नगरभित्रका विभिन्न क्लब लगायत खेलप्रेमीहरु र ईच्छुक अन्य क्षेत्रहरुबाट पनि प्रतियोगितामा भाग लिन सकिनेछ। साथै प्रत्येक वर्षको नेपालीहरुको महान् चाड बडा दशैँ र तिहार ताका एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगरपालिकाको जहरसिंह पाैवा स्थित खेल मैदानमा खेल अन्तर्गत लगायतका विभिन्न सांस्कृतिक एवम् प्रयाेगात्मक कार्यक्रममा तथा प्रतियाेगिताहरु हुदै आइरहेको छ। सन्तोष प्रसाद तिवारी।