२१ असोज,काठमाडौं। मोरङ, बुढिगंगा गाउँपालिका-१ गंगा चोकस्थित विराटनगर महानगरपालिका-१ बस्ने दिवाकर राठीको केमिकल र प्लाईको गोदाममा शनिबार दिउँसो आगलागी हुँदा ३ वटा गोदाम र प्लाइमा लाग्ने केमिकल पूर्णरुपमा जलेर करिब ३ करोड ७५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बारा, देवताल गाउँपालिका-६ रौवाही चोक डेरा गरी बस्ने फेटा गाउँपालिका-७ बस्ने ४५ वर्षीय राजेश रामको हार्डवेयर पसलमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनुषा, जनकपुर उपमहानगरपालिका-८ रामानन्द चोक बस्ने रामबाबु राय यादबको विग मार्केटमा गएराति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, प्रहरी चौकी जनकपुरधाम, बालुवाम र जिरोमाई तथा वडा प्रहरी कार्यालय मुजेलिया र रेल्बेबाट खटिएको प्रहरीले सशस्त्र प्रहरी, नेपाली सेना, दमकल तथा स्थानीयबासीको सहयोगमा आगलागी पूर्णरूपमा नियन्त्रणमा लिएको छ ।प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।